१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्याब्सनद्वारा पॉच जना सम्मानित


२३ पुस २०७३, शनिबार  

0
Shares

pabson news

गौरीगंज, २३ पुस / शिक्षा क्षेत्रमा योगदान पुराएका ५ जनालाई आज प्याब्सन झापाले सम्मान गरेको छ । प्याब्सनको २६ औं स्थापना दिवसको अवसरमा प्याब्सन जिल्ला कमिटीले प्रधानध्यापक , शिक्षक , शिक्षिका र बिधालय निरिक्षकलाई सम्मान गरेको हो । आज र भोली सम्म झापाको गौरादह – २ स्थित इमिनेन्ट कञ्चनजंघा अग्रेजी स्कुलमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका परीक्षा नियन्त्रक अम्विका रेग्मीले बोडिङ स्कुलका प्रिन्सिपल मध्येबाट ज्योति इङलीस बोडिङ स्कुल शनिश्चरेका ंसंजीव प्रधान , जिल्ला शिक्षा कार्यालय झापाका बिधालय निरिक्षक सुरेन्द् दाहाल फाइभ स्टार बोडिङ मेचीनगरका लेहाङ रक लेप्चालाई सम्मान गर्नुभएको थियो । यसै गरी महानन्द शिक्षा सदनकी शिक्षिका सविता शेपालाई प्रमुख अतिथि रेग्मीले प्रमाण पत्र सहित सम्मान गर्नुभएको थियो । आज जिल्ला भरिबाट छनौट भएर आएका जुनियर तर्फका गायन र नृत्य बिधाका कलाकारले प्रतिष्पधा गर्ने र भोली मावि स्तरका नृत्य तथा गायन तर्फका बिधार्थीले प्रतिष्पर्धा गर्ने प्याब्सन झापाका सदस्य सन्तोष दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ पुस २०७३, शनिबार  ११ : २१ बजे