१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका सांसदहरूद्वारा बजेट विनियोजन


२२ पुस २०७३, शुक्रबार  

0
Shares

nepal-money
भद्रपुर, २२ पुस / व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने झापाका सांसदहरूले विकासका लागि ३३ करोड रुपियाँ बजेट विनियोजन गरेका छन् ।
जिल्ला विकास समितिका अनुसार निर्वाचित सांसद रवीन कोइराला, सुधीर शिवाकोटी, कृष्णप्रसाद सिटौला, प्रेमबहादुर गिरी, केशवकुमार बुढाथोकी, दीपक कार्की र केपी शर्मा ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा जनही रु तीन करोड तथा समानुपातिक सांसदले जनही रु ५० लाख बजेट विनियोजन गरेका छन् ।
निर्वाचित तथा समानुपातिक सांसदले विनियोजन गरेको बजेटबाट ६३६ वटा विकासका योजना यसै आवमा सम्पन्न हुने योजना शाखाका कर्मचारी डिल्ली नेपालले बताउनुभयो । व्यवस्थापिका–संसद्मा जिल्लाबाट सात जना निर्वाचित तथा १७ जना समानुपातिक सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ९ : ३२ बजे