१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कटहरीमा वृहत हुदुरधुरा जात्रा सम्पन्न


१७ मंसिर २०७३, शुक्रबार  

0
Shares

कटहरी / मोरङ्गको कटहरीमा मंसिर १५ र १६ गते हुदुरधुरा जात्रा सम्पन्न भएको छ । राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीले आयोजना गरेको कार्यक्रममा जातिय पहिरणसहित कटहरी देखि विराटनगरसम्म विभिन्न जातिय बाजागाजा लिएर नाच्दै गाउदै सद्भाव र्याली भएको थियो । ‘हामार संस्कृति हमार पहिचान’ र झापा, मोरङ्ग सुनसरी बनार्यौ सुन्दर नगरी नारासहित बजार परिक्रमा गरी झापा मोरङ्ग सुनसरी जिल्लालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न १ अरब रुपैया“ बजेट छुट्याउनु पर्ने माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो । झापाको केचनाकवल, मोरङ्गको राजा सुनवर्सी र संसारीमाईलगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारसंग माग गरिएको विकास केन्द्रका सल्लाहकार तथा पुर्व गृहराज्य मन्त्री भिमराज राजवंशीले बताए । मंसिर १६ गते बहुभाषिक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको विकास केन्द्रका अध्यक्ष पर्शुराम राजवंशीले बताए । झापा, मोरङ्ग र सुनसरीका आदिवासीहरुको सांस्कृतिक, पहिचान र इतिहासलाई संरक्षण गर्ने उद्येश्यले प्रत्येक वर्षको मंसिर महिनामा विकास केन्द्रले हुदुरधुरा जात्राको आयोजना गर्दै आएको छ । hudurjatra1

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार  ६ : ५४ बजे