१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

फाइनलमा १४ जना भिड्दै


१२ मंसिर २०७३, आइतबार  

0
Shares

jana
विर्तामोड / विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुन लागेको प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिताको फाइनलका लागि १४ जना छनौट भएका छन् ।
राष्ट्रिय गायक सिताराम ताजपुरिया संयोजक रहेको छनौट समितिले बन्ध प्रशिक्षण तथा दोस्रो अडिसनबाट १४ जनालाई छनौट गरिएको राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीले बताए । कोचिला राष्ट्रिय मुत्ति मोर्चाको आयोजनामा हुन लागेको गायन प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरीका कोच समुदायका युवायुवतीहरुको गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्येश्यले गरिएको प्रतियोगिताको प्रायोजक रेडियो नेपाल रहेको आयोजक समितिले जनाएको छ । सरगम संगीत साधना केन्द्र विर्तामोडमा बन्द प्रशिक्षण र ११ गते आगन होटलमा अन्तिम अडिसन भएको थियो । राजवंशी समाज विकास समिति र कोचिला गाभुर फ्रन्ट सहआयोजक रहेको प्रतियोगिताको निर्णायक छनौट समितिमा गायक बलराम राजवंशी, बलबहादुर राजवंशी, मानदेव ताजपुरिया र पुकारचन्द्र सिंह राजवंशी रहेका छन् । फाइनल प्रतियोगिता मंसिर १४ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार रुपैया“, दोस्रो हुनेलाई पचीस हजार रुपैया“ र तेस्रो हुनेलाई पन्ध्र हजार पुरस्कार दिइने छ । दुई जना सान्त्वना पा“च –पा“च हजार रुपैया“ दिइने जनाइएको छ । छनौटमा उर्मिला राजवंशी पथरिया, संगिता राजवंशी विर्तामोड, निकिता राजवंशी मेचीनगर, योगेन्द्र ताजपुरिया मोरङ्ग, दिपेश ताजपुरिया झापा, मनोज ताजपुरिया मोरङ्ग, राम राजवंशी कुमरखोद,अलेन राजवंशी मेचीनगर, टेक बहादुर राजवंशी बालुवाडी, बिरेन्द्र राजवंशी राजगढ,गौराङ्ग राजवंशी मेचिनगर, दिलकुमार राजवंशी जलथल, रिता राजवंशी विर्तामोड, मञ्जु राजवंशी पा“चगाछी परेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७३, आइतबार  ६ : ५९ बजे