१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पहिलो अडिसनमा २४ जना छनौट


९ मंसिर २०७३, बिहिबार  

0
Shares

gayek
विर्तामोड / विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुन लागेको प्रथम कोच राष्ट्रिय गायन प्रतियोगिताको पहिलो अडिसनमा २४ जना छनौट भएका छन् ।
राष्ट्रिय गायक सिताराम ताजपुरिया संयोजक रहेको छनौट समितिले निवेदन दिएकामध्ये २४ जनालाई दोस्रो अडिसनका लागि छनौट गरिएको हो । कोचिला राष्ट्रिय मुत्ति मोर्चाको आयोजनामा हुन लागेको गायन प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरीका कोच समुदायका युवायुवतीहरुको गायन प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने उद्येश्यले गरिएको प्रतियोगिताको प्रायोजक रेडियो नेपाल रहेको आयोजक समितिले जनाएको छ । दोस्रो अडिसन मंसिर १० गते सरगम संगीत साधना केन्द्र विर्तामोडमा बन्द प्रशिक्षण हुने र ११ गते आगन होटलमा अन्तिम अडिसन हुने जनाएको छ । राजवंशी समाज विकास समिति सहआयोजक रहेको प्रतियोगिताको निर्णयक छनौट समितिमा गायक बलराम राजवंशी, बलबहादुर राजवंशी,
मानदेव ताजपुरिया र राजवंशी समाज विकास समितिका झापा अध्यक्ष पुकार सिंह राजवंशी रहेका छन् । अन्तिम प्रतियोगिता मंसिर १४ गते हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार रुपैया“, दोस्रो हुनेलाई पचिस हजार रुपैया“ र तेस्रो हुनेलाई पन्ध्र हजार पुरस्कार दिइने छ । दुई जना सान्त्वना पा“च –पा“च हजार रुपैया“ दिइने जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७३, बिहिबार  ९ : २१ बजे