३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा सार्वजनिक सुनुवाई, अधिकांसको विकास निर्माणमा जोड


३ मंसिर २०७३, शुक्रबार  

0
Shares

गौरीगंज ३ , मंसिर / जिल्लास्तरीय सेवाप्रवाह, बजेट तथा योजना सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रवार झापाको गौरीगंजमा सम्पन्न भएको छ ।
जिल्लास्तरीय कार्यालय प्रमुखहरुको उपस्थितिमा भएको सुनुवाई कार्यक्रममा अधिकांस सहभागीहरुले यसक्षेत्रको सडक यातायात, कृषि, शिक्षा, महिलाको समस्या, विद्युत, खानेपानी, निर्माणधीन पक्की पुल र हुलाकी सडकको बारेमा जिज्ञासा राखेका थिए । झापा क्षेत्र नं. ६ का संविधान सभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य घनश्याम रिजालले यस क्षेत्र भित्रको हुलाकी बाटोमा बनिरहेको पुलहरु एकल गाडी चल्ने खालको पुल निर्माण भइरहेको गुनासो गरेका थिए । त्यसैगरी उहा“ले गौरीया खोलाको पुल निर्माणमा भएको ढिलाई के कारणले भएको जिज्ञासासहित यसको जवाफ मागेका थिए । गौरीगंज माविका पुर्व प्रधानाध्यापक उदयलाल यादवले गौरीगंज गाविसमा कैयौ महिनादेखि सचिव नभएको र दुई वटै खजुरगाछी र गौरीगंज गाविस एउटै सचिवले काम गरिरहेकोले समस्या भएको बताए । झापा उद्योग वाणिज्य संघ खजुरगाछी गौरीगंजका अध्यक्ष मखना महतोले यस क्षेत्रका मानिसहरुसंग ५० लाख भन्दा पनि बढी भारु रुपैया“ रहेकोले राष्ट्रिय वैंकले यसको लागत लिई समस्याको समाधान गरिदिन अनुरोध गरेका थिए । स्थानीय युवा अगुवा श्रवण गिरीले तल्लो कृष्णे खोला सिंचाई आयोजनाको पुनः निर्माण गर्न रातो किताबमा समावेश गरिएको छ कि छैन भनी जिज्ञासा राखेका थिए । झापा पत्रकार महासंघ जिल्ला सदस्य आत्माराम राजवंशीले फत्तेपुरदेखि मिलनचौकसम्मको बाटोमा कालेपत्र बनाउने निर्माण सम्बन्धि जिज्ञासा राख्दै निर्माणकार्य दक्षिण भेगदेखि शुरुवात गर्नुपर्ने माग गरेका थिए । । कार्यक्रममा केदार ढुंगेलले यस क्षेत्रको शान्ति सुरक्षा, भन्सार स्त्तरोन्नति नापी कार्यालय र मालपोत कार्यालय गौरीगंजमा स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका थिए । सहभागी पर्शुराम राजवंशीले निर्वाचनका समयमा सभासदले गौरीगंज देखि कदमगाछीसम्म पिच बनाइदिने आश्वासन दिए पनि अहिलेसम्म बन्न नसकेको गुनासो गरेका थिए । त्यसैगरी स्थानिय महेन्दं रिजालले सांसद विकास कोषको रकम कहा“ र कसरी खर्च भइरहेकोबारेमा जिज्ञासा राखेका थिए । महिलाको पाठेघर सम्बन्धि सेवा सुविधा र तालिमको आवश्यक रहेको महिला सहभागिहरुले गरेका थिए ।
जिल्ला विकास समिति झापा र जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा भएको सार्वजनिक कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका थिए । स्थानिय विकास अधिकारी खेमराज ओझाको विशेष आतिथ्यता भएको कार्यक्रममा झापाका प्रहरी प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख, कृषि कार्यालयका प्रमुख, यातायात, विद्युत, खानेपानी, वन, सिंचाई, शिक्षालगायतका कार्यालय प्रमुखहरुले गौरीगंज, खजुरगाछी र छिमेकी गाविसका स्थानियहरुको जवाफ दिएका थिए । गौरीगंज माविको प्राङ्गनमा भएको उक्त कार्यक्रम को स्वागत खजुरगाछी गाविसका सचिव नारायणप्रसाद च“दराले गरेका थिए भने सहजीकरण झापा युनेस्को संघले गरेका थिए । कार्यक्रम निर्धारण गरिएको समयको २ घण्टापछि शुरु भएको थियो ।

jhapa1एक महिना पछि मिटर बक्स सर्वसाधारण पाउने

विद्युत प्राधिकरण दमकका प्रमुख सुरेन्द्र साहले पौष महिनादेखि सर्वसाधारणलाई मिटर बक्स वितारण गर्ने बताएका छन् । जिल्ला विकास समिति झापाको आयोजनामा शुक्रबार गौरीगंजमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा २०७२ साल पौष महिना सम्म निवेदन दिएका सर्वसाधारणहरुलाई एक महिनापछि विद्युत मिटर बक्स उपलब्ध गराउने बताएका हुन् । काठको विजुली पोलहरुलाई विस्तारै विस्थापन गरी सिमेन्टको पोल राखिने प्रमुख साहले बताएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७३, शुक्रबार  २ : ०५ बजे