३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

चार वर्षीया बालिकाको तौल ४० केजी


१ श्रावण २०७३, शनिबार  

0
Shares

उर्लाबारी १, साउन / उर्लाबारी नपा–६ मंगलबारेकी चार वर्षीया बालिकाको तौल असामान्य भएपछि चिकित्सकहरु समेत आश्चर्यमा परेका छन् । स्थानीय थापाचोकका सञ्जीव धिमाल र रुकमाया धिमालकी छोरी लिजाको तौल उमेरभन्दा अस्वभाविक रहेको छ । चार वर्षीया बालिका balika तौलकी छन् । मंगलबारे अस्पतालका प्रमुख डा.खड्क लिम्बूका अनुसार सामन्यता: चार वर्ष उमेरका बालबालिकाहरुको तौल १५ देखि २० केजीसम्मको हुनुपर्छ । लिजाको तौल अस्वभाविक हुनुका कारणबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले समेत ठम्याउन नसकेको बाबु सञ्जिव धिमाल बताउँछन् । वीपी अस्पतालमा छोरीको शरीर चेकजाँच गर्दा थाइराइड ग्रन्थीलगायत अन्य भागको एक्सरे जाँच पनि ठीकठाक पाइएको धिमालले बताए । चिकित्सकहरुले बालिकाको तौल बढ्नुको कारण ‘जिनेटिक म्यूटेसन’ हुनसक्ने भन्दै त्यसको अनुसन्धान नेपालमा सम्भव नभएको बताएका छन् ।
लिजा स्थानीय सनसाईन बोर्डिङमा एलकेजीमा अध्ययनरत छिन् । मिजासिली स्वभावकी लिजालाई घर–छिमेकमा मात्र नभई विद्यालयमा पनि सबैले माया गर्ने गरेका छन् । बिहान सवेरै उठेर, चिया विस्कुट खाइ नजिकैको ट्यूसनमा यी बालिका पढ्न जान्छिन् । मोटो शरीर भएपनि घरनजिकै विद्यालय हुदाँ उनलाई पढ्न जान सहज छ । ट्यूसन पढेर आएपछि केही वेर उनी घरमै खेल्छिन् । खाना खाएपछि विद्यालय जानु उनको दैनिकी हो । विद्यालबाट ४ बजे घर आइपुग्छिन् । प्राय:विद्यालयबाट घर आउँदा लिजाको ब्याग उनका साथीहरुले बोकेर ल्याइदिने आमा रुकमाया बताउँछिन् । लिजालाई पढ्न तथा गृहकार्य गर्न फराकिलो ठााउ चाहिन्छ । प्राय:उनी ढल्केर पढ्छिन् । अन्य बालबालिकाहरुको खान्की र लिजाको खान्की उस्तै भएको बुवा सञ्जिवले बताउनुभयो । फरक यतिमात्र छ, लिजा एक रातमा तीन लिटर पानी पिउाछिन् । फलफूल र चक्लेट उनलाई मनपर्छ । लिजा जन्मदाको तौल तीन केजी ९ सय ग्राम थियो । जन्मदेखि नै उनको तौल अप्रत्याशित तरिकाले बढेको हो ।अप्रत्याशित शरीरको वनावट बढ्दै जाँदा शुरु–शुरुमा अभिभावकहरु आत्तिएका थिए । यद्यपि यी बालिकामा कुनै रोग नदेखिएपछि धिमाल परिवार निश्चिन्त बनेका छन् । बेलुका उनी अवेरसम्म टिभी हेरेर निदाउने गरेको परिवारले जनाएको छ । यी बालिकको यत्रो तौल सम्भवत:नेपालका अन्य कुनै बालिकाबालिकाहरुमा नरहेको धिमाल परिवारले दाबी गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७३, शनिबार  ६ : २४ बजे