१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कानुन व्यवसायीको ११औं साधारणसभा सम्पन्न


२१ जेष्ठ २०७३, शुक्रबार  

0
Shares

भद्रपुर  २१ \ जेठ,  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाइको ११औं साधारणसभा सम्पन्न भएको छ ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सिताराम दाहालले भद्रपुरमा सभाको उद्घाटन गरेका हुन् ।

एसोसिएसन भद्रपुर इकाइका कार्यबाहक अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव युवराज कार्की, सरोज घिमिरे, केन्द्रीय सदस्य रमेश पोखरेल, आत्माराम मुक्तान, नागरिक एफएमका प्रवन्ध निर्देशक चिन्तामणि दाहाल, मालपोत भद्रपुरका प्रमुख विजयराज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अग्रज लेखापढी व्यवसायीहरु सुफल चैधरी र दधिराम खतिवडालाई सम्मान गरिएको थियो । तीन दिनसम्म चल्ने सभाले आगामी कार्यकालका लागि नयाँ कार्य समिति छनौट गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७३, शुक्रबार  १ : ०५ बजे