१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पेट्रोल र डिजेल महंगियो, अब नेपालमा के हुन्छ ?


२० जेष्ठ २०७३, बिहिबार  

0
Shares

काठमाडौं  २० petrol-oil-pump-telजेठ,  / भारतमा पेट्रोल र डिजेल महंगिएको छ । पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५८ पैसा र डिजेल २ रुपैयाँ २६ पैसा (भारतीय) महंगो भएको हो ।

पेट्रोल र डिजेलको बढेको मूल्य सोमबार मध्यरातदेखि लागू भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मूल्य बढेसँगै भारतमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ६५ रुपैयाँ ६० (भारतीय) पैसा पुगेको छ । यसैगरी डिजेलको नयाँ मूल्य ५३ रुपैयाँ ९३ पैसा (भारतीय)  पुगेको छ ।

नेपालमा भारतबाटै पेट्रोल र डिजेल नेपालमा आयात गरिन्छ । भारतमा हुने मूल्यको फेरबदलले नेपालमा पनि प्रभाव पार्दछ । अब नेपालमा के होला ? भन्नेमा आम सर्वसाधारणको चासो छ ।

नयाँ सूची हेरेर निर्णय हुने
भारतमा मूल्य बढेसँगै भारतीय आयल कर्पोरेशनले आजै नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँदैछ । निगम प्रवक्ता मुकुन्द घिमिरे आयल निगम तत्काल तेलको मुल्य बढाउने पक्षमा नरहेपनि नयाँ सूचि हेरेर मात्रै अन्तिम निर्णय हुने बताउँछन् ।

‘घाटा हुने अवस्थामा मूल्य समायोजन गर्नुपर्ने हुन सक्छ’ घिमिरे भन्छन्-‘नयाँ सूची नआएसम्म केही भन्न सकिन्न । तर, मूल्य बढाउने पक्षमा भने हामी छैनौं ।’

अहिले आयल निमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ५३ पैसा र डिजेलमा एक रुपैयाँ ४२ पैसा नाफा छ ।  भारतले अब २ रुपैयाँ भन्दा बढी मूल्य बढाएर नयाँ सूची पठाएमा डिजेलमा मुल्यवृद्धि हुनसक्ने देखिएको छ ।

Petrol price
सरकारले नयाँ आर्थिक वर्षको बजेटबाट भारतबाट आयात हुने् तेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर जोडेको छ ।  निगमलाई तेलमा नाफा रहेसम्म यो करको अतिरिक्त भार उपभोक्तालाई नथोपर्ने भनिएको छ ।

तर, घाटा हुनासाथ निगमले मूल्य समायोजन गर्ने भएकाले त्यसको भार स्वभाविक रुपमा उपभोक्ता माथि नै पर्ने देखिएको छ । पछिल्लो समयमा तेलको मूल्य विस्तारै उकालो लागिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको घटबढ अनुसार स्वतः नेपालमा पनि घटबढ हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरिएको छ । तर, भारतीय नाकाबन्दीपछि नेपालमा एकपटक मात्रै मूल्य समायोजन गरिएको छ ।  नाफा भइञ्जेल घट्दा पनि मूल्य समायोजन नगर्ने निगम घाटा हुनासाथ समायोजन गर्ने तयारीमा छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७३, बिहिबार  ७ : १४ बजे