१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दल भन्दा माथि उठ्नुहोस्


८ असार २०७३, बुधबार  

0
Shares

पुर्णिमा राजवंशी       /  purnaima1

नेपाल एक बिकासोन्मुख मुलुक जहाँका जनताले दैनिक जिवनयापनकै लागि संघर्ष गर्नुपर्ने हुन्छ । नेपाली महिलाहरुको स्थिति त अझ बढी चिन्ताजनक छ । पछि परेका पारिएका मध्ये पनि महिलाहरु अझ गरिब, सिमान्कृत शोषित र हिसांको  मारमा  छन । आज पनि नेपाली महिला आर्थिक,शैक्षिक,सामाजिक,राजनैतिक,कानुनी आदि हरेक दृष्टिकोणले पछाडि छन । अहिले महिलाको यो अवश्था सुधारोन्मुख देखिन्छ तर अझै पनि अस्तित्व र सार्वजनिक ब्यत्तित्वलाई खुलेर स्विकार गर्दैनन् । दिनानुदिन महिला हिंसा र बलात्कारका घटनाहरु रेडियो, टेलिभिजन,पत्रपत्रिकामा सुन्न र हेर्न पाइन्छ । आज महिला बाटैे देखी बलात्कार हुन थालेकी छिन यस्तो किन हुदैछ ? किन महिलाहरु  स्वतन्त्र रुपमा हिड्न सक्दैन्न ? किन महिलाहरुलाई स्वतन्त्र भएर बाच्ने हक छैन ? महिला भन्ने बित्तिकै पुरुषको चाकरी गर्ने र घर भित्रै गुम्सिएर बस्नु पर्ने सोच्छन् ? महिला हरेक क्षेत्रबाट हेपिन्छन जस्तै कि  छोरी भएर बसे भने बलात्कार हुन्छन, बुहारी बनेर गए पछि घरेलु हिंसाले चेपिन्छन । अहिलेको युगमा पनि महिला प्रतिको ब्यवहार यस्तो देखेर सरकार किन मौन छ ? अहिलेको बढ्दो महिला प्रतिको घृणात्मक व्यवहार बलत्कारकै कुरा गर्ने हो भने  खोज तलास गर्छन जेलमा हाल्दिन्छन । त्यस्तै धनीमानिका छोराहरु पैसा दिएर निस्किन्छन् । यस्ता अपराधीलाई यस्तो सजायको मापदण्ड राख्नु पर्छ कि यस्तो घृणात्मक कार्य गर्न लाखौ चोटी सोचोस कि त्यो दिन उसको अन्तिम दिन हुनेछ ।   आजका दिनहरुमा राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र सभामुख ओनसरी धर्ति मगर  जस्ता महिलाहरु चयन हुनुभएको छ । देशको सर्वोच्च पदमा पुग्नु आफैमा एउटा राम्रो सन्देश हो जसले महिलाको परिवर्तित भुमिका र सक्षमतालाई प्रमाणित गर्छ ।
आजको दिनमा महिला राष्ट्रपति र सभामुख हुनुमा यसको पछाडि लामो संर्घष छ । महिला सहायक मात्र नभएर प्रमुख हुन । अब यो उपलब्धिलाई महाहिम राष्ट्रपतिले कानुन निर्माण , अल्पमत र पछाडि परिएकालाई अधिकार प्रत्यायोजन गर्ने गरी अनि सम्मानिय सभामुखले राजनीतिक दल भन्दा माथि उठेर फरक मतलाई पनि स्थान दिदै न्यानपुर्ण भुमिकामा उभिन सक्नुपर्छ ।

हाम्रो मुल्यमान्यताले घरमुलीका साथै समाज एवं देश सञ्चालनका रुपमा पुरुषलाई स्थान दिने मानसिकता बीच बैदेशिक रोजगारका कारण घर पुरुष बिहिन हुदाँ हाल धेरै नेपाली घरमा महिला नै सर्वेसबा   नभएका होइनन् । उच्च पदमा महिला  पुग्नेले  महिलाको बदलिदो स्वरुप र समाजको परिबर्तित मानसिकताको परिचय दिनुका साथै अवसरको महत्वलाई उजागर गर्छ । महिलालाई अधिकारसहितको समानता दिनु पर्ने आवाज विश्वव्यापी रुपमा दोसा्रे विश्वयुद्घपछि बढि प्रखर भएर आयो । नेपालमा पनि दशकौदेखी महिला समानताका लागि भएको आन्दोलन र प्रयासहरुका विविध आयाम छन् । संविधानमा महिलाको ३३ प्रतिसतको सहभागीता र त्यो संविधानसभाले निर्माण गरेको संविधानमा महिलाको समानुपातिक सहभागिता छ । आजको दिनमा महिला राष्ट्रपति र सभामुख हुनुमा यसको पछाडि लामो संर्घष छ । महिला सहायक मात्र नभएर प्रमुख हुन । अब यो उपलब्धिलाई महाहिम राष्ट्रपतिले कानुन निर्माण , अल्पमत र पछाडि परिएकालाई अधिकार प्रत्यायोजन गर्ने गरी अनि सम्मानिय सभामुखले राजनीतिक दल भन्दा माथि उठेर फरक मतलाई पनि स्थान दिदै न्यानपुर्ण भुमिकामा उभिन सक्नुपर्छ । अहिले यस्ता जातजाती  छन कि बिहे गरेर लगेको महिलालाइ घर भित्रै बस्नु पर्ने र ठुलाबडाको अगाडी अनुहार छोप्नु पर्ने बाहिर निस्केर केहि गर्न खोजे भने इज्जत जान्छ रे भन्ने गर्छन । हो यस्ता कुरितीलाई अन्त्य गर्न हामी महिला नै आवाज उठानु पर्छ । आस नगरौ कसैको । आफु आत्मविश्वासी  हौ । अनि मात्र महिला आर्थिक ,सामाजिक, राजनीतिक क्षेत्रमा अगाडी बढन सक्छ ।

प्रकाशित मिति : ८ असार २०७३, बुधबार  ७ : ५० बजे