६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

हतियार खरिदमा नेपाल भारतसँग असहमत


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

 

gun - Copyकाठमाडौं ३२ , जेठ काठमाडौं / नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ ।
नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो ।

नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको छ ।  अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने र त्योमध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनु पर्ने र भुक्तान गर्नु पर्ने ४० प्रतिशत मुल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ ।

लोकतन्त्र स्थापनायता नेपालले हतियार र सैन्य सामाग्री किनेबापत दुई अर्व ४० करोड रुपैयाँ भारतलाई तिर्न बाँकी छ । यो पूरै मूल्यको ४० प्रतिशत मात्रै हो ।

नेपालले ४० प्रतिशत भुक्तनी गर्नुपर्ने रकमलाई पुरै अनुदानमा परिणत गरेर मिनाह गर्न प्रस्ताव गरेकोमा भारतले कुनै जवाफ दिएको छैन ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १ : ५२ बजे