१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

घैलाडुब्बामा कोच संग्रालय निर्माण हुने


२५ जेष्ठ २०७३, मंगलबार  

0
Shares

ghar

घैलाडुब्बा   / झापाको घैलाडुब्बा गाविसका पुर्व प्रधानपञ्च टेकनारायण राजवंशीको स्मृतिमा उहाँका छोरा तथा नातेदारले कोच संग्रालय निर्माणका लागि आठ कठ्ठा जग्गा  नि:शुल्क प्रदान गरेका छन् । कनकाई नगरपालिका – ९ घैलाडुब्बामा कोच सङ्ग्राहलय, सूचना केन्द्र र सभाहल निर्माणका लागि रु ५० लाख मूल्य बराबरको जग्गा कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रलाई प्रदान गरेका हुन् ।

स्थानीय प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा पर्यटन प्रवद्र्धन केन्द्रको स्थापना गर्दै उक्त मूल्य बराबरको जग्गा  राजवंशीका छोरा तथा आफन्तले नि:शुल्क प्रदान गरेका हुन् । जग्गा प्रदान गर्ने छोरा तथा नातेदारहरुमा रतनलाल, खगेन्द्रप्रसाद, प्रेम, टहल, सूर्य, सीताराम, विमल, विष्णु र राजेन्द्र राजवंशी रहेको कोचिला अभियन्ता अरुण राजवंशीले  जानकारी दिनुभयो । यो संगै घैलाडुब्बामा पूर्वमै ठूलो र सुविधा सम्पन्न कोच संग्राहलय निर्माण गरिने भएको छ । कोच संग्रालय तथा सूचना केन्द्र निर्माणका लागि ५ लाख रुपैयाँसमेत छुटिसकेको जनाइएको छ । आजै नेपाल पर्यटन बोर्डको टोलाी उत्त जग्गाको अवलोकन गरेका छन् । उत्त टोलीमा बोर्डका अध्यक्ष गणेश तिम्सिनालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७३, मंगलबार  २ : ५१ बजे