१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतीय सेनाको हातहतियार डिपोमा आगलागी


१८ जेष्ठ २०७३, मंगलबार  

0
Shares

महाराष्ट्र  १८, जेठ  /  भारतको महाराष्ट्र राज्यस्थित पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रिय हातहतियार डिपोमा मंगलबार बिहान आगलागी हुँदा दुईजना सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

‘मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन ।’

प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवज सुनिएको थियो । उनीहरुका अनुसार आगलागी राति १:३० बजेतिर सुरु भएको थियो ।

आगलागी के कारणले भएको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन । आगलागीका कारण हताहत हुनेको संख्या भने बढ्न सक्ने बताइएको छ ।

यसअघि पनि भारतीय सेनाका विभिन्न ठाउँमा रहेका डिपाेहरुमा अागलागी हुने गरेकाे थियाे ।

सन् २०१० मा पूर्वकाे पनागढमा रहेकाे सबैभन्दा ठूलाे हातहतियार डिपाेमा अागलागी भएकाे थियाे । तर त्यसमा कुनै हताहती भएकाे छैन ।

यस्तै सन् २००७ मा काश्मीरकाे अनन्तनाग जिल्लामा पनि त्यस्तै अागलागीपछि बिस्फाेटन हुँदा २५ जना घाइते भएका थिए भने गाउँ नै खाली गर्नु परेकाे थियाे ।

सन् २००० मा उत्तरी भारतकाे भारतपुरमा भएकाे त्यस्तै अागलागीमा परी २ जनाकाे मृत्यु भएकाे थियाे भने ९ कराेड डलर बराबरकाे क्षती भएकाे थियाे ।

प्रकाशित मिति : १८ जेष्ठ २०७३, मंगलबार  ८ : ५० बजे