१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षकमा जागिर खुल्यो


१० जेष्ठ २०७३, सोमबार  

0
Shares

काठमाडौँ  / adsशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकमा १११७ जना लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले सोमबार सार्वजनिक गरेको विज्ञापनमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृतलगायतका विषयगत शिक्षक माग गरिएको छ ।

योग्य उम्मेद्वारले आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।
आवेदन शुल्क रु ७ सय रुपैयाँ लाग्ने र प्रत्येक समावेशी समुहका लागि थप ५ सयका दरले शुल्क लाग्ने आयोगले जनाएको छ।

उक्त विज्ञापनको लिखित परीक्षा भदौ ११ गते हुने जनाएको छ।
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी अध्यापन अनुमति पत्र भएकाहरुले दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७३, सोमबार  ८ : ४२ बजे