१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाइबल अब राजवंशी भाषामा पनि


६ जेष्ठ २०७३, बिहिबार  

0
Shares

दमक  / राजबंशी भाषामा पनि बाइबल प्रकाशित हुने भएको छ ।
२०६५ सालमा बाइबलको नयाँ करार अनुवाद भएर प्रकाशन भइसके पछि राजबंशी भाषामा बाइबल अनुवादको काम केही समयको लागि रोकिए पनि सो कार्यलाई निरन्तरता दिन टंक राजवंशीको संयोजनमा बैशाख १९ गते झापाको लखनपुर –१ पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा  तदर्थ राजबंसि भासि बाइबल अनुवास समिति गठन गरेको छ ।  उक्त भेलामा झापा र मोरंगका विभिन्न मण्डली (चर्च) हरुबाट पास्टर, अगुवाहरु उपस्थित भएका थिए ।  अध्यक्षमा बलराम राजवंशी, उपाध्यक्षमा धनन्जय राजवंशी र सामुएल राजवंशी, सचिवमा शिवराम राजवंशी, सहसचिवमा मुक्ति राजवंशी, कोषाध्यक्षमा दुर्गा राजवंशी र सदस्यमा जयप्रकाश राजवंशी गरि जम्मा ७ सदस्यीय अनुवाद समिति गठन गरिएको छ ।  साथै समितिको सल्लाहकारमा टंक राजवंशी र  अमृत राजवंशी रहेका छन् ।
समितिको  सल्लाहकार अमृत राजवंशीले भने – ‘यस अनुवाद समितिले अब प्रकाशन भइसकेको बाइबल (नयाँ करार) को प्रयोग, अडियो बाइबल (नयाँ करार) को रेकर्डिंग र बाइबल (पुरानो करार) अनुवादका कामहरुलाई मार्ग निर्देशन गर्नेछ र सुरुवातमा जेठ १२ र १३ गते राजबंशी भाषी आत्मिक जागृति सम्मेलन आयोजना गरेर अनुवादको कामलाई गति दिइनेछ ।’  झापाको लखनपुर–१ अवस्थित पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा हुने उक्त सम्मेलनमा झापा र मोरंग साथै देशको अन्य ठाउँहरुबाट राजवंशी भाषी इसाई विश्वासीहरु उपस्थिति करिब १०० जनाको हाराहारीमा अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७३, बिहिबार  १ : ०९ बजे