१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजबंशी चलचित्र ‘रसीया’ निर्माण हुदै


३१ बैशाख २०७३, शुक्रबार  

0
Shares

  गौरीगंज / राजबंशी समुदायलाइ आधार बनाएर  नेपाली चलचित्र निर्माण हुने भएको छ । गायक  तथा निर्माता  टंक बुढाथोकीको प्रस्तुतीमा निर्माण हुने चलचित्रको नाम “रसीया” रहेको निर्माण युनिटले  कोचिला न्युजलाई जानकारी दिएको छ  ।
यसअघि आदिबासी सांगीतिक एल्मब (सिरुवारे सम्झना) समेत बजारमा ल्याईसकेका टंकले “रसीया” मा पनि सांगीतिक प्रेम कथा रहने जनाएका छन् ।  यो फिल्म नेपाली चलचित्रको स्तरमा  निर्माण हुने र राजवंशी भाषामा हुने जनाइएको छ ।  यस चलचित्रमा  टंक बुढाथोकीसहित दुर्गा राजवंशी  पनि निर्माताको भुमिकामा रहने छन् ।  चलचित्रको छायांकन पुर्व क्षेत्रमा  हुने र बर्षा सके लगतै शुरु हुने जनाइएको छ ।
पुर्बी नेपालमा छायांकन गर्ने चलचित्र करिब २ घण्टाको बन्ने जनाइएको छ । चलचित्रको कथा फाईनल भईसकेको र कलाकार छनौटको काम चलिरहेको छ ।
“रसीया” मा हरेन्द्र खत्रीको निर्देशन रहनेछ भने सहायक निर्देशन सञ्चारकर्मी शिशिर बुढाथोकीले गर्ने बताईएको छ । कलाकारितामा नजिकिदै गरेका शिशिरले नै चलचित्रको सम्पादन गर्नेछन् । rasiya

प्रकाशित मिति : ३१ बैशाख २०७३, शुक्रबार  १ : १४ बजे