१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रेस चौतारी झापा क्षेत्रीय समितिमा लक्ष्मी नेपाल


३१ बैशाख २०७३, शुक्रबार  

0
Shares

chautari - Copy

दमक  ३१, बैशाख  /  प्रेस चौतारी दमक क्षेत्रीय कमिटीको दोस्रो अधिवेशनले आज लक्ष्मी नेपाललाई अध्यक्ष चयन गरेको छ ।

दमक ११ स्थित मेची सहकारी संस्थाको हलमा भएको अधिवेशनले क्षेत्रीय कमिटीको उपाध्यक्षमा आत्माराम राजवंशी , सचिवमा लोक नाथ रिजाल, सहसचिवमा मिलन अधिकारी र सदस्यमा दिपक लामिछाने सर्वसम्मत चयन हुनु भएको हो ।
कोषध्यक्ष सहित ३ सदस्य थप नवनिर्वाचित क्षेत्रीय कमिटीको पहिलो वैठकले गर्ने प्रेस चौतारीले जनाएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताले पत्रकारले आफनो क्षमता अभिवृद्धि गरे मात्रै पत्रकारितामा क्रियाशील रहन सक्ने बताएका हुन् ।
अधिवेशनको प्रमुख अतिथि एमाले झापा अध्यक्ष चिन्तन पाठकले ब्यवसायिक पत्रकारिता आवश्यक रहेको बताउनु भयो । प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष माधव बिदोह्रीले समाजका घटनालाई बाहिर ल्याउन अवल क्षमता बनाउन अध्ययन गर्नु पर्ने बताउनु भयो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोपाल गड्तौलाले समस्या भित्रैबाट सिर्जना खोज्नु पर्ने बताउनु भयो ।
निर्वतमान क्षेत्रीय अध्यक्ष युवराज विवशको अध्यक्षतामा भएको अधिवेशनमा पत्रकार महासंघका केन्द्रिय सदस्य गणेश पोखरेलले शब्दको खेती गर्ने पत्रकार अध्ययनशील नहुदा पत्रकारिताको चाम घटेको बताउनु भयो । संगठनका झापा अध्यक्ष मुक्ति पौडेलले मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७३, शुक्रबार  १२ : ३२ बजे