३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मुख्यमन्त्री नीतशिकुमारमाथि चप्पल प्रहार


२१ बैशाख २०७३, मंगलबार  

0
Shares

बिहार २१, वैशाख/ सरकारी कर्मचारी नीतीशकुमारले बिहारकै मुख्यमन्त्री नीतीशकुमारमाथि सोमबार जनता दरबारमा चप्पल प्रहार गरेका छन् । जनता दरबारमा सर्वसाधरणका कुरा सुन्न उपस्थित भएका मुख्यमन्त्री नीतीशमाथि ती युवकले हुलमुलको मौका पारी चप्पल प्रहार गरेका हुन् ।

युवकले हिर्काएको चप्पल मुख्यमन्त्री नीतीशलाई लागेन । सुरक्षाकर्मीले ती युवकलाई तत्कालै हिरासतमा लिएको भारतीय प्रहरीले जनाएको छ ।

मानसिक रोगी
दिउँसो जनता दरबारमा सर्वसाधरणको कुरा सुन्न मुख्यमन्त्री नीतीश उपस्थित भएका थिए । उनले पालैपालो सर्वसाधरणको कुरा सुने । नतिीश सोमबार जनता दरबारमा सर्वसाधरणसँग छलफल गर्छन् । त्यसका लागि उनले दुई घन्टा समय छुट्याएका छन् ।

त्यसै क्रममा सरकारी कमृचारी नीतीशकुमार पनि जनता दरबारमा पुगेका थिए । लाइनमा उभिएका ती यसवक आफ्नो दुखेसो पोख्ने तयारीमै थिए । उनले एक्कासी चप्प उठाएर मन्त्रीमाथि नै प्रहार गरे । प्रहरीका अनुसार ती युवक मानसिक रोगी छन् । अस्पतालले पनि चप्पल प्रहार गर्ने युवक मानसिक रोगी भएको बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

– See more at: http://sajilokhabar.com/index.php/site/content/14187#sthash.tr8vHUVn.dpuf

प्रकाशित मिति : २१ बैशाख २०७३, मंगलबार  ५ : ४४ बजे