३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

भारतीय सहयोग सदुपयोग हुन सकिरहेको छैन – विजय कुमार महासेठ संयोजक, बुद्ध जानकी स्टडी सेन्टर, नेपाल विभाग


१८ बैशाख २०७३, शनिबार  

0
Shares

० बुद्ध जानकी स्टडी सेन्टर भन्ने कस्तो संस्था हो ?
— बुद्ध जानकी स्टडी सेन्टर भनेको नेपाल र भारतको समान धरोहर हुन् । बुद्ध नेपालमा जन्मिएका हुन् भने उनको ज्ञान आर्जन बोधगयामा भएको पाइन्छ । त्यस्तै जानकी जनकपुरकी चेली हुन् भने उनको उत्तगम स्थल बिहार सितामणीस्थित पुनौरा धाम हो । यस्ता धरोहर जो पौराणिक कालदेखि लिएर ऐतिहासिक कालसम्म प्रचलनमा रहेको छ । त्यसबाट हामीले के बुझेका छौं भने नेपाल र भारतका धेरै कुराहरू समान छन् । यति समान हुँदाहुँदै नेपालका केही समूहहरू भारतीयहरूलाई देख्ने बित्तिकै गाली गर्ने होच्याउने गर्छन् । यस्तो परिस्थिति किन आयो भनेर त्यसलाई चिर्नका लागि हामीले बुद्ध जानकी स्टडी सेन्टर खोलेका हौं ।
० यो संस्थाले गर्ने कामहरू केके हुन् त ?
— मुख्य रूपमा दुई देश बिचको सम्बन्धमा अहिले जसरी चिसोपन आएको छ त्यो चिसोपनलाई हटाउँदै सम्बन्धलाई पुन प्रगाढ बनाउनुका साथसाथै एक अर्कालाई सहयोग गरेर कसरी अगाडि बढ्न सकिन्छ भनेर चेतना फैलाउनु नै यो संस्थाको मुख्य काम हो ।
० नेपाल र भारत बिचको सम्बन्ध सुधार गर्नु नै मुख्य उद्देश्य हो त यो संस्थाको ?
— यो पनि हो । यसका साथसाथै भगवान् बुद्ध र जानकीले के भन्न खोजेका थिए, के दिन खोजेका थिए त्यसको बारेमा पनि अध्ययन अनुसन्धान गरेर त्यसलाई कसरी परिष्कृत, परिमार्जित गर्दै मानव सभ्यताको विकासमा यसलाई हामी कसरी उपयुक्त पारेर आफ्नो प्रयोगमा ल्याउन सक्छौं त्यो पनि हाम्रो अध्ययनको विषय रहेको छ ।
० यसको केन्द्र कहाँ छ अनि शाखाहरू कहाँ कहाँ छन् ?
— फागुन १९ गते पहिलो कार्यक्रम हामीले विरगन्जमा ग¥यौं । त्यहींबाट हाम्रो संस्था स्थापना भयो । डा. सन्जन पासवान अध्यक्ष हुनुभयो । उहाँ वर्तमान अवस्थामा पटना विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । उहाँ, म र रूपेश पाण्डेलाई भारतीय संयोजकत्व जिम्मा दिइएको छ । तीनजना मिलेर यस्तो विचार गरेका हौं । दुवै देशको सभ्यताको, समाजको विकास कसरी सम्भव छ कसरी हामी विकसित भएर समानताको अवस्थामा अगाडि बढ्न सक्छौं त्यतातिर लम्किनुपर्छ भविष्यमा ।
० अहिलेसम्म यो बुद्ध जानकी स्टडी सेन्टरले केके कार्यक्रम गरिसक्यो ?
— अहिले हामी अध्ययन अनुसन्धानमा लागेका छौं । यस विषयका कृतिहरू कहाँ कहाँ छन् जम्मा गर्ने क्रममा रहेका छौं ।
० जानकी र बुद्धसँग सम्बन्धित पौराणिक कृतिहरूलाई संग्रह पनि गर्छ यो संस्थाले ?
— बुद्ध र जानकी हाम्रा धरोहर हुन् । यसका केही कुराहरू अहिलेसम्म सार्वजनिक रूपमा प्रकाशनमा आएको छैन त्यसको पनि हामीले अनुसन्धान गर्ने हो र त्यसको पौराणिकताको आधारमा त्यसले के भन्न खोजेको छ र त्यसको माध्यमबाट समाजमा कस्तो किसिमको परिवर्तन आउन सक्छ समाजको विकास कसरी गर्न सकिन्छ त्यसमा पनि अध्ययन अनुसन्धानमा हामी लागेका छौं र लगानी गर्ने तयारीमा छौं । बुद्ध र जानकीको बारेमा बुझाउँदै समाजमा विकास कसरी गर्न सकिन्छ, त्यसमा पनि अध्ययन अनुसन्धान गर्दै हामी अगाडि बढ्नेछौं ।
० मधेश आन्दोलन पश्चात् नेपाल र भारतको सम्बन्ध कस्तो हुन गयो ? सम्बन्ध सुधारका लागि कस्ता प्रयासहरू भइरहेका छन् ?
— नेपाल र भारतको सम्बन्ध जनस्तरसम्म बिग्रिएको छैन । तर वर्तमान सरकारको नीति कुनै खास पार्टीको वा कुनै खास चिन्तनको जस्तो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको जस्तो व्यवहार देखाउन सकेका छैनन् । जसकारणले गर्दा अहिलेको मधेशको अधिकारवादी आन्दोलनलाई नश्लवादी, पृथतकतावादी आन्दोलन बनाउन खोजिएको छ । हाम्रा छरछिमेकीले नेपालमा सल्किएको आगोलाई संवेदनशील हिसाबले हेर्ने गरेका छन् । त्यो आगो आफ्नो देशमा नआओस् भनेर सिमानामा चारैतिरबाट सुरक्षा बढेको छ । जसले गर्दा सिमानामा बस्ने हामी जति पनि आमगरिकहरू छौं तिनीहरूलाई भयको अवस्था सिर्जना गराएको छ त्यो भयको सिर्जना गराउनुमा नेपाल सरकारको ९०% हात रहेको छ ।
० नेपाल र भारतको सम्बन्ध चिसिनुको मुख्य दोष नेपालका प्रधानमन्त्रीलाई दिइने गरिएको छ तर प्रधानमन्त्रीकै पहलमा सम्बन्ध सुधारको प्रयास पनि भइरहेकै छ त्यो प्रयास कसरी बढिरहेको छ, केही सुधार भएको छ त ?
— नेपालका अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्रीको जस्तो व्यवहार नगरेर बच्चाको जस्तो व्यवहार गरेका छन् । बच्चालाई एउटा खेलौना दियो भने त्यो खेलिरहन्छ फेरि अर्को नयाँ खेलौना ल्याइदियो भने पुरानोलाई छोडिदिन्छ । त्यस्तै केपी ओलीले भारत भ्रमणबाट फर्कदा जति राम्रा कुराहरू गरेका थिए, चीनबाट आउने बित्तिकै उनको प्रेस विज्ञप्ति यस्तो आयो मैले मुलुकलाई भारत परिवेष्ठितबाट भूपरिवेष्ठित बनाएको छु भन्न थाले । अबका दिनमा प्रधानमन्त्रीले अमेरिकाको भ्रमण गरेर आए भने भन्न बेर लाग्दैन नेपाललाई भूपरिवेष्ठितबाट युएन परिवेष्ठित बनाएर आएको छु । यसरी केटाकेटीको जस्तो भनाई आइरहेको छ त्यो जिम्मेवारी बोध भएको व्यक्तिले बोलेको जस्तो लाग्दैन । अहिलेसम्म भारतबाट जति सहयोग भइरहेको छ त्यसैलाई हामीले राम्ररी उपयोग गराउन सक्यौं भने त्यसैबाट हामी निकै अगाडि जान सक्छौं तर त्यसलाई राम्रो उपयोगमा नल्याईकन भारत विरोधी प्रचारमा खर्च गर्नाले देशलाई विकासको साटो उनमाततिर लान खोजेको देखिन्छ ।
० भारत भ्रमण सकेर आउँदा प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध सुधार भयो भनेर अभिव्यक्ति दिनुभयो तर लगत्तै चीनको भ्रमण गरेर आएपछि उहाँको साहस बढेको अवस्था हो ?
— चीनको जुन विचारधारा रहेको छ त्यही विचारधारा बोकेका हाम्रा प्रधानमन्त्री हुन् । चीनले केही गरे नगरेपनि कमसेकम आफ्नो विचारधारा बोकेको समाज जुन छ त्यसलाई कसरी उमादित्त गराएर हामी स्थापित हुन सक्छौं त्यतातिर आफू र आफ्नो समर्थकलाई लगाएर अहिलेको नेपाललाई विधोकसात्मक बाटोमा डो¥याउन खोजेको हो चीनले ।
० प्रधानमन्त्रीको भारत भ्रमणको समयमा संयुक्त विज्ञप्ति नआउनुमा कतै न कतै नेपालको नयाँ संविधानप्रति भारत असन्तुष्ट भएको छ भन्ने पनि सुनिन्छ । चीन भ्रमणमा नयाँ संविधानको बारेमा खासै कुनै विषय उठेन यसकारणले पनि प्रधानमन्त्री भारतप्रति असतुष्ट देखिएका हुन् ?
— भारत, इयूले पनि भनेको छ कि नेपालको संविधान अपूर्ण छ केही सुधार गर्नुपर्ने आवश्यकता छ । जसले जे छ त्यसैलाई ठीक छ राम्रो छ भन्नेहरू दरबारिया प्रवृतिका हुन् र त्यही दरबारिया प्रवृत्तिले गर्दा अहिलेका प्रधानमन्त्री राजाको प्रवृत्तिमा आइसकेका छन् । यसले त्यस्ता त्यस्ता व्यक्तिलाई प्रश्रय दिइरहेको छ । जसले यसलाई वास्तविक कुरा भन्दै छ त्यसको आलोचना र त्यसको विपरीतमा उमान्त यो देशमा ल्याउन खोज्दैछ ।
० भारत र चीन दुवै नेपालका नजिकका छिमेकी हुन् । भारत र इयूले संयुक्त वक्तव्य सार्वजनिक ग¥यो नेपालको नयाँ संविधानमा सबैलाई समेटेर लैजानुपर्छ भनेर त्यस लगत्तै क्ष्ऋन् ले पनि नेपालको संविधान त्रृटिपूर्ण छ भनेर विज्ञप्ति जारी ग¥यो यसरी विश्वका धेरै राष्ट्र, संघसंस्थाहरूले आपत्ति जनाइरहेको अवस्थामा चीनले केही नबोलेकोले चीनको नीतिलाई तपाई कुन रूपमा लिनुहुन्छ ?
— चीनको नीति त पहिलेदेखिकै विस्तारवादी हो । चीनको बारेमा पहिलेदेखि जसलाई थाहा थिएन उनीहरूले अध्ययन र अनुभव गर्नुपर्ने हुन्छ । जतिखेर भारतमा पण्डित जवाहरलाल नेहरूको नेतृत्व थियो उहाँले हिन्दी–चिनी भाईभाईका नारा दिइराखेका बेलामा चीनले भारत माथि आक्रमण गरेकै हो । चीनको विस्तारवादी नीतिमा सघाउन कुनै देशको सरकारले नै सहयोग गरिरहेको हुन्छ भने बोल्नुपर्ने कुनै अवस्था नै छैन । अर्थात् चिनियाँ विस्तारवादी नीति हाम्रो देशमा हाबी भइरहेको छ । त्यसलाई ल्याउन खोज्दैछ अहिलेको सरकार । हामी नेपाली न चिनियाँ विस्तारवादतिर लाग्छौ न भारतीय विस्तारवादतिर । हाम्रो नेपाल नेपालीको हो र नेपाली भएर नै हामी आफ्नो देशमा बस्न सक्छौं ।
० नेपाल र भारतको सम्बन्ध सुधारका लागि भएका प्रयासहरू कस्तो भइरहेको छ ? हाम्रो कुटनीतिक पक्षको पो कमजोरी रह्यो कि ?
— इमान्दारीताका अभाव रहेको छ । खेतबाट जसरी धान उब्जाउछौं खेतलाई हेला गरेर समयमा पानी नलगाउने, मल नहाल्ने ग¥यो भने त्यो खेतले समयमा नै उब्जाउ दिन सक्दैन । त्यस्तै हो भारतबाट सबै चिज लिने र भारतलाई नै गाली पनि गर्ने यस्तै गर्दै जाने हो भने त्यहाँका मान्छेहरू प्रतिवादमा उल्टिन सक्छन् । अहिले नेपालमा देखिएको आधारभूत वस्तुको अभाव हुनुको कारण सरकार इमान्दार छैन । भारतबाट सामान ल्याएर ती सामानलाई उपयुक्त तवरले वितरण गर्न नसक्दा यस्तो अवस्था आएको हो । अहिलेको अवस्थामा नेपाल र भारतको बीचमा जनस्तरसम्म सम्बन्ध बिग्रिसकेको छैन केही समयमा सुधार आउँछ ।

प्रकाशित मिति : १८ बैशाख २०७३, शनिबार  ९ : ४१ बजे