२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025

शवपरीक्षण गर्न घाटबाट लास फिर्ता !


१७ बैशाख २०७३, शुक्रबार  

0
Shares

गौरादह १७ , वैशाख / झापाको गौरादहमा दाहसंस्कारका लागि घाट लगिएको लास प्रहरीले फर्काएर शवपरीक्षण गराएको छ ।

गौरादह नगरपालिका–२ स्थित बजारमा भाँडा पसल चलाएर बसेका ५४ वर्षे केशव थापाको शव प्रहरीले विहिबार घाटबाट उठाएर शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले विष सेवनबाट मृत्यु भएका थापाको आवश्यक कानुनी प्रक्रिया नपुर्याई शव अन्त्येष्टि गर्न लगिएपछि प्रहरीले लास घाटबाट नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा दिइएको बताए ।

गाउँलेले थापाको शव गौरादह पूर्वको किस्नेघाटमा दाहसंस्कारका लागि लगेका थिए । चितामा राख्न लागेको अवस्थामा सो लास प्रहरीले घाटबाट फर्काएर ५० किलोमिटर पूर्व सदरमुकाम चन्द्रगढीस्थित अञ्चल अस्पतालमा लगेका थिए ।

दुई दिनअघि थापाले विष सेवन गरेर सिकिस्त भएका थियो । दमकको लाइफलाइन अस्पतालमा उपचार गर्दा सञ्चो नभएपछि घर लगिएका उहाँको विहिबार दिउँसो मृत्यु भएको थियो ।

रासस

प्रकाशित मिति : १७ बैशाख २०७३, शुक्रबार  ५ : २३ बजे