१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२१ राजदूत सिफारिसमा कांग्रेसको कडा आपत्ति


९ बैशाख २०७३, बिहिबार  

0
Shares

काठमाडौं८, वैशाख  / सरकारले एकलौटीरुपमा २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

बुधबार राजधानीमा गरिएको साक्षात्कारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति नै नबनाइ प्रधानन्यायाधीश र २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेर सरकारले संविधान र नियमविपरीत काम गरेको आरोप लगाए ।

उनले कांग्रेसको सरकारले न्यायपरिषद सदस्यमा राम सिटौलालाई नियुक्त गर्दा एमालेले नै संसदीय सुनुवाइ समिति बनिनसकेको भन्दै अत्तो थापेर रद्द गर्न लगाएको तर अहिले आफैंले नियमविपरीत मनपरि नियुक्ति गरेको टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेस अर्का नेता अर्जुननरसिंह केसीले सरकारले एकतर्फीरुपमा नियुक्ति गरेको भन्दै कांग्रेसले यसको कडा प्रतिरोध गर्ने बताए ।

उनले कांग्रेसले संसद बैठक जतिसक्दो छिटो बोलाउन आग्रह गरिसकेको जानकारी दिँदै सरकारको मनोमानीविरुद्ध संसद अवरुद्ध गर्ने जानकारी दिए ।

एमालेका सांसद भीम आचार्यले भने राष्ट्रिय संकटको यो बेलामा संविधान कार्यान्वयन गर्न दलहरु संयुक्तरुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।paudel

उनले कांग्रेसले अवरोध गर्दैमा सरकार नढल्ने जिकिर पनि गरे ।

प्रकाशित मिति : ९ बैशाख २०७३, बिहिबार  १२ : ०२ बजे