१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नपढेका व्यक्तिलाई पनि प्रहरीमा भर्ना खुल्यो


६ बैशाख २०७३, सोमबार  

0
Shares

काठमाडौं ६, वैशाख/ प्रहरी प्रधान कार्यलयले सहयोगी पदका लागि ४३२ जनाको नयाँ भर्ना खुल्ला गरेको छ । व्यावसायी, दक्षता र अनुभव भएका माली÷बगैंचे, भान्छेस, हजाम, सिलाई÷बुनाई, सयस, कुचिकार, मोचाी, धोवी र सहयोगी भूमिकाका अन्य कार्यका लागि नयाँ भर्ना खोलिएको हो । खुलाप्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गरिने प्रहरी प्रधान कार्यलयले सोमवारी निकालको सूचनामा छ । यस्तो पदमा खुला तर्फ २३३, अमर÷अशक्त प्रहरी परिवारतर्फ ९, आदीवासी–जनजाती तर्फ ६०, मधेशीतर्फ ५४, महिला तर्फ ३८, दलिततर्फ २८, पिछडिएको क्षेत्रतर्फ १० जना माग गरिएको छ । यस्तो जागीरमा पढाईको योग्यता साधरण लेखपढ गर्न जानेको भए पुग्नेछ । महानगरीय प्रहरी परिसर, क्षेत्रीय प्रहरी तालिक केन्द्र र जिल्ला प्रहरी कार्यलयबाट फारम लिन र बुझाउन सकिने सूचनमा छ । १८ बर्ष उमेर भई ३५ बर्ष नकाटेको व्यक्तिले दरखास्त दिन सकिने सूचनमा उल्लेख छ । बैशाख १५ देखि जेठ १४ गतेसम्म दरखास्त भर्ने समय छ । दरखास्त भरेका व्यक्तिाई जेठ २७ गते फारम दर्ता गरेको प्रहरी कार्यलयमा सम्पर्क गर्न भनिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ९ : ३५ बजे