१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले सल्लाहकार परिषदद्वारा प्रस्तावित राजधानी


६ बैशाख २०७३, सोमबार  

0
Shares

वैशाख ६,  वैशाख/  काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्र संघीय प्रदेशका राजधानीहरुका विषयमा छलफलका लागि प्रस्ताव पेश भएको छ । हालै सम्पन्न केन्द्रीय कमिटी वैठकमा एमालेको सल्लाहकार परिषदबाट प्रस्तावित राजधानीका विषयमा छलफल भने भएको छैन ।

एमाले सल्लाहकार परिषदद्वारा प्रस्तावित राजधानीः

प्रदेश नं १ को विराटनगर

प्रदेश न २ को जनकपुरको ढल्केवर

प्रदेश नम्बर ३ को भक्तपुर प्रदेश न ४ को कास्कि पोखरा

प्रदेश न ५ को दाङ

प्रदेश नम्बर ६ को सुर्खेत

प्रदेश नम्बर ७ को अत्तरीया 

एमालेको केन्द्रिय सल्लाहकार परिषद्ले सातवटै प्रदेशको राजधानीहरु करिब टुङ्गो लगाएर पार्टीको केन्द्रिय कमिटीमा पठाइसकेको नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।

परिषदका अध्यक्ष केशव बडालले सो प्रस्ताव शुक्रबारको वैठकमा पेश गरेका थिए । उनको प्रस्तावमा क्षेत्र नम्बर २ मा ढल्केवरलाई राजधानी बनाउन सुझाव दिइएको छ ।

हालसम्म सो प्रदेशका सम्भावित राजधानीका रुपमा वीरगञ्ज र बिराटनगर चर्चामा छन् । जनकपुरभन्दा पश्चिममा पर्ने ढल्केवरमा राजधानीको माग थिएन ।

यसैगरी क्षेत्र नम्बर १ मा बिराटनगर, ३ मा भक्तपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा अत्तरीयालाई राजधानी बनाउन प्रस्ताव गरिएको छ ।

एमाले सचिव योगश भट्टराई पार्टीमा प्रदेशको राजधानीका लागि प्रस्ताव आएको तर, छलफल हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७३, सोमबार  ७ : १० बजे