१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुवागढीमा मनाइयो सिरुवा पर्व


३ बैशाख २०७३, शुक्रबार  

0
Shares

दुवागढी ३, चैत / हुवाहुकी मिडिया ग्रुप र हुवाहुकी वाल क्लब दुवागढीको संयुक्त आयोजनामा विशेष सिरुवा कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी राजवंशी, ताजपुरिया, कोच गन्गाई माझीलगायतका समुदायमा विशेष महत्वका साथ मनाइने यो चाडमा उनीहरुले परम्परागत पोशाक, खानेकुराहरु र नाचगानसहितको सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको सभापति हुवाहुकी बालक्लबकी अध्यक्ष रन्जु राजवंशी थिए भने प्रमुख अतिथि प्राज्ञ पवन राजवंशी थिए । कार्यक्रममा कवि देवचरण राजवंशीको नेपाली भाषामा लेखिएको कविता संग्रह ‘वेदना’ विमोचन गरिएको थियो । कार्यक्रममा आत्माराम राजवंशी, पर्शुराम राजवंशी, दधीकुमार गणेशलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७३, शुक्रबार  ८ : ०६ बजे