१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गर्मी र तातो हावाले पुर्वको जनजीवन प्रभावित


३० चैत्र २०७२, मंगलबार  

0
Shares

गौरीगंज ३०, चैत / भारतको विहार राज्यमा पछिल्लो पाँच दिन देखि लगातार गर्मी बढेपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । विहारको राजधानी पटनालगायत क्षेत्रहरुको तापक्रम ४२ डिग्री सेल्सियस पुगेका कारण लु को चपेटामा परेको संचार माध्यमहरुले जनाएका छन् । त्यसको प्रभाव नेपालको दक्षिणी क्षेत्र तराईमा परेको छ । आज विहानदेखि नै गर्मी बढेको र तातो हावा चलेको कारण मानिसहरु बाहिर निस्किएका छैनन् भने सडकहरु सुनसान छन् । मौसम विज्ञान विभागका अनुसार विराटनगरको अधिकतम् तापक्रम ४२ डिग्री सेल्सियस पुगेको जनाएको छ । यो तापक्रम सामान्य भन्दा ६ डिग्री बढी हो । यस्तो गर्मी र तातो हावा चलेको समयमा लु लाग्ने बढी सम्भावना  रहेको डाक्टरहरु बताउँछन् ।      luu

प्रकाशित मिति : ३० चैत्र २०७२, मंगलबार  १० : १२ बजे