१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई छात्रा सम्मानित


२७ चैत्र २०७२, शनिबार  

0
Shares

बिर्तामाोड २७ ,चैत  /  वशिष्ठ भण्डारी समाज प्रारम्भिक शाखा बिर्तामोडले दुई जना विद्यार्थीलाई शनिवार  सम्मान गरेको छ ।
सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाट प्रवेशिका परीक्षामा सर्वाेत्कृष्ठ अंक ल्याउने सदीक्षा भण्डारी र सुस्मिता भण्डारीलाई  सम्मान गरेको हो । सदीक्षाले सरस्वती एञ्जल माध्यमिक विद्यालय र सुस्मिताले मोहनमाया माध्यमिक विद्यालयबाट गत वर्षको एसएलसी परीक्षामा सर्वाेत्कृष्ठ अंक ल्याएका थिए ।  बिर्तामोड प्रारम्भिक नगर कमिटी भित्रका वशिष्ठ गोत्रीय भण्डारी समाजका अभिभावकका छोरा छोरी मध्ये सदीक्षा र सुस्मिताले एसएलसीमा सर्वाेत्कृष्ठ अंक ल्याएकाले  उनीहरुलाई नगद सहित सम्मानपत्रद्वार सम्मान गरिएको थियो ।  सम्म्मानितद्वय लाई वशिष्ठ भण्डारी समाजका महासचिव प्रेमप्रसाद भण्डारी र प्रशाखा बिर्तामोडका अध्यक्ष होमप्रसाद भण्डारीले संयुक्तरुपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
झापाको कनकाई नगरपालिकामा पर्ने माइधाम परिसरमा रहेको वशिष्ठ आश्रममा आयोजित श्रीमद्स्कन्द महापुरनण नवहाज्ञानमहायज्ञ स्थलमा उनीहरुलाई सम्मान गरिएको थियो । पितृ मोक्षका लागि चैत २६ गतेबाट शुरु भएको ज्ञान महायज्ञको अवसरमा उनीहरुलाई सम्मान गरिएको बिर्तामोड प्रारसम्भक शाखा नगरकमिटीका सचिव सुरेन्द्र भण्डारीले बताए ।
पितृ मोक्षका लागि शुरु भएको महायज्ञ वैशाख ३ गतेसम्म सञ्चालन हुने र देशभरिका भण्डारी समाजका अभिभावकका छोराछोरी मध्ये एसएलसीदेखि स्नाकोत्तर वा सो सरहको परीक्षामा सर्वाेत्कृष्ठ अंक ल्याउने  बिद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको समाजका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कार्यक्रमको पहिलो चरणमा बिर्तामोड प्रशाखाले विद्यार्थीलाई सम्मान गरेको र अन्य कार्यक्रम समाजको साधारण सभाका दिन गर्ने कार्यक्रम रहेको बताइएको छ । समाजको साधारण सभा बैशाख २ गते हुदैछ ।

महायज्ञमा पण्डीत छन्दुराम भण्डारीले प्रमुख कथाबाचक गरिरहनुभएको छ भने खगेन्द्र अधिकारी, अम्विका भण्डारी, रामप्रसाद भण्डारी, रामप्रसाद भण्डारी, टीकाराम भण्डारी र रोशन भण्डारीले पाठ पारयण गरिरहेका छन् ।
यसैबीच शनिवार नै वशिष्ठ गोत्रिय भण्डारी समाजको इलाममा पनि शाखा विस्तार गरिएको छ  ।  समाजको अध्यक्षमा दीवकर भण्डारी, उपाध्यक्ष धनवहादुर भण्डारी, सचिव विष्णुभक्त भण्डारी, सह सचिव मातृका भण्डारी, र कोषाध्यक्षमा गोविन्द भण्डारी रहेका छन् । सदस्यमा वुद्धि, भगीरथ, केन्द्रप्रसाद, राधाकृष्ण,हरि, कमल, योमनाथ, प्रेम भण्डारी रहेका छन् ।  समितिको सल्लाहकारमा पदम भण्डारी, माधव, जय, छवि, धर्म भण्डारीको सल्लाहकार समिति पनि गठन भएको छ । नव गठित समितिका पदाधिकारीलाई पनि सोही कार्यक्रमका बीच अध्यक्ष दुर्गा भण्डारी, उपाध्यक्ष गेहनाथ भण्डारी, महासचिव प्रेमचन्द्र भण्डारी लगायतले माल्यापर्ण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७२, शनिबार  १० : ४७ बजे