१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस नेपाल– २०१६ को ताज अश्मी श्रेष्ठलाई


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

 झापा २६, चैत /१८ प्रतिस्पर्धीलाई उछिन्दैasmi अश्मि श्रेष्ठ मिस नेपाल– २०१६ भएकी छन् ।
शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा  अश्मि  मिस नेपाल घोषित भइन् । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागिता हुने अवसर पाउनेछिन् ।
विजेता भएवापत उनले विभिन्न पुरस्कार पनि पाएकी छन् ।
मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।
काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो ।

 

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ४ : ३५ बजे