१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रको अध्यक्षमा तिलक


२६ चैत्र २०७२, शुक्रबार  

0
Shares

 

janeकटहरी २६, चैत / ‘हामार संस्कृति हामार पहिचान’को नारा सहति राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीको ५ औं महाधिवेशन  शुक्रबार सम्पन्न भएको छ । मोरङको कटहरीमा सम्पन्न महाधिवेशनबाट तिलक  प्रसाद राजवंशीको अध्यक्षतामा  ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।  पुर्व गृहराज्य मन्त्रि तथा राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नव निर्वाचित समितिको उपाध्यक्षमा पर्शुराम राजवंशी, सचिवमा उमेश कुमार राजवंशी, सह–सचिवमा आशा राजवंशी र कोषाध्यक्षमा केशराज राजवंशी भयन भएका छन् । त्यसैगरी सदस्यमा ताराचन्द राजवंशी, जयराम राजवंशी, सुरेन्द्र राजवंशी, चन्द्रशेखर राजवंशी, सकुन्तला राजवंशी, ज्ञानवत्ती राजवंशी चयन भएका छन् ।
समितिका अध्यक्ष कल्पनाथ राजवंशीको अध्यक्षतामा भएको अधिवेशनमा किर्तनिया दास फत्ते राजवंशी, गुरु गसई हरिश्चन्द्र राजवंशी जनप्रिय उच्च मा.वि.कटहरीका अध्यक्ष श्रीराम कामत, राजवंशी समाज विकास समिति विराटनगर उपमहानगरपालिका अध्यक्ष लक्ष्मी राजवंशी, आदिवासी जनजाती गाउँ समन्वय परिषद कटहरीका अध्यक्ष हरिनारायण माझी, बहुउद्येश्य सहकारी संस्था कटहरीका अध्यक्ष शिवनारायण राजवंशी,गंगाइ कल्याण परिषद कटहरीका अध्यक्ष प्रदिप कुमार मण्डल, जनप्रिय उच्च माविका प्र.अ. भीम बहादुर राजवंशी, काचिला न्युज डटकमका सम्पादक आत्माराम राजवंशीलगायतले मन्तव्य राखेका थिए ।
यदुनन्दन राजवंशीको स्वागत कार्यक्रममा कोषाअध्यक्षले आर्थिक प्रतिवेदन र सचिवले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा ५७ जना आजिवन सदस्य रहेका छन् भने साधारण सदस्य ४७ जना रहेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७२, शुक्रबार  ४ : १२ बजे