१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सद्भावनाका नेता सलमानीको निधन


२५ चैत्र २०७२, बिहिबार  

0
Shares

झापा २५, चैत / सदभावना मुस्लिम उत्थान मंचका केन्द्रीय सदस्य तथा सदभावना पार्टर्ीका नेता गुलरिया (वदिककया) निवासी रसूल सलमानीको आज विहिवार आकस्मिक निघन भएको छ  ।
सामाजिक न्याय, समतामुलक समाज तथा मुस्लिम समुदायको उत्थानको लागी संघर्षरत स्व. सलमानीको निधले सम्पुर्ण पार्टी परिवारलाई मर्माहत तथा शोक विव्हल बनाएको पार्टी प्रवक्त्ता सन्तोष मेहताद्वारा जारी शोक सन्देशमा जनाएको छ । शोक संदेशमा भनिएको छ ‘सदा स्मरणीय त रहने नै छन्, उनको अभाव सदा रहि रहनेछ ।’ शोक सन्देशमा स्व. रसुल सलमानीको आत्माको शान्ति  मिलोस एवं परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७२, बिहिबार  ३ : ५६ बजे