३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

इण्डोनेसिया पराजित


२० चैत्र २०७२, शनिबार  

0
Shares

कतारमा जारी एसियन समुदायस्तरिय फुटबल लिग प्रतियोगितामा नेपाली टिमले इण्डोनेसियालाई ६-१ ले जितेको छ ।

कतार फुटबल एशोसियसनद्वारा आयोजित लिग प्रतियोगितामा शुक्रबार राति दोहाको अलथुमामस्थित मैदानमा भएको खेलमा नेपालले सहज जित हात पारेको हो ।

खेलको २७ औं मिनेटमा गोन्बिद राईले पहिलो गोल गर्दै खाता खोलेका थिए । दोश्रो गोल ३७ औं मिनेटमा अर्जुन सुब्बाले गरेका थिए । ४२ औं मिनेटमा इण्डेनिसयाले पाएको फ्रि–किकलाई गोलमा परिणत गरेपछि पहिलो हाफको खेल २-१ मा सकिएको थियो ।

दोश्रो हाफमा नेपाली टिमले झनै सशक्त खेल प्रदर्शन गरेको थियो । बललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्दै विपक्षी माथि निरन्तर कडा प्रहार गरेको थियो । दोश्रो हाफका सुरुमै गोबिन्दले पुन: गोल थप्दै टिमलाई अग्रता दिलाएका थिए ।
नेपालमा ए डिभिजन खेलका पहिलो रोजाई खेलाडी अमिर श्रेष्ठले डिफेन्डरको घेरालाई सहज तोडेर दिएको सुन्दर पासमा राजकुमार चौधरीले ५५ औं मिनेटमा अर्को गोल थपिदिए । ६३ औं मिनेटमा टिम क्याप्टेन सुदेश श्रेष्ठले हेड गोल गरे ।

६७ औं मिनेटमा पोष्ट नजिक पाएको फ्रि–किकलाई अमिर श्रेष्ठले सिधा पोस्टमा प्रहार गर्दा बलले जाली चुम्यो । नेपालले समुदायस्तरीय खेलमा इण्डोनेसियालाई पहिलोपटक हराएको हो ।

अघिल्ला वर्षको पहिलो खेलमा इण्डोनेसियाले नेपाललाई हराएको थियो भने दोश्रो भेटमा बराबरी खेलेको थियो । ‘हामीलाई नेपालको डर थियो’, इण्डोनेसियाका प्रशिक्षकले डा. राकमातले भने, ‘नेपाली खेलाडीको खेल ज्यादै लोभ लाग्दो थियो । एक आपसी तालमेल सुन्दर थियो ।  उनीहरुले धेरै मिहेनत गरेका छन् । मैले पाएा भने उनीहरुलाई प्रशिक्षण दिने थिएँ ।’

टिम क्याप्टेन सुदेश श्रेष्ठले आफुहरुले खेललाई तिखार्दै लिएर गाएको बताए । ‘यो लिगमा हामीले ३ खेल खेल्यौं । अहिलेसम्म विपक्षीलाई पुरै दवावमा राखेका छौं’, उनले भने, ‘हामी जुन लक्ष्य प्राप्तिको लागि हिँडिरहेका छौं । त्यसको लागि खेलाडीहरुको तप्परता, इच्छाशक्ति झन बढेको छ ।’

लिगमा १२ देश सहभागी छ । यसअघि जोर्डन र भारतबीच भएको खेल बराबरी टुंगिएको थिय

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  २ : ०९ बजे