१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतको उत्तराखण्डमा राष्ट्रपति शासन


१४ चैत्र २०७२, आइतबार  

0
Shares

चैत्र १४ / भारतको उत्तराखण्ड राज्यमा आइतबारदेखि राष्ट्रपति शासन लागु गरिएको छ । केही दिनदेखि बढेको राजनीतिक संकट गहिरिएपछि राष्ट्रपति शासन लागु गरिएको हो । उत्तराखण्डमा मुख्यमन्त्री हरिस रावतको नेतृत्वमा कांग्रेस आईको सरकार थियो ।

कांग्रेस आईका विद्रोही ९ सांसदलाई त्यहाँको विधानसभाका सभामुखले शनिबार राति निलम्बन गरेका थिए । सोमबार मुख्यमन्त्रीले विधानसभामा विश्वासको मत लिने कार्यक्रम थियो ।

राष्ट्रपति शासनले कांग्रेस पार्टीले विरोध गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति शासन लागु गरिएको हो । भारतीय जनता पार्टीका नेताहरुले उत्तराखण्डमा राष्ट्रपति शासन लागु गरिनु पर्ने भनेर शनिबार भनेका थिए

प्रकाशित मिति : १४ चैत्र २०७२, आइतबार  ४ : १० बजे