१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

५३ कानुनी शिविरसंगै बारको स्वर्ण महोत्सव सम्पन्न


१३ चैत्र २०७२, शनिबार  

0
Shares

गौरीगंज

न्याय क्षेत्रमा सर्वसाधारणको पहुाच अभिबृद्धिका लागि नेपाल वार एशोसिएसन झापाले जिल्लाका गाउा–गाउामा पुगेर ५३ वटा कानुनी शिविर सम्पन्न गरेको छ ।

कानुन व्यवसायी(वकिल)हरुको संगठन झापा वारले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर उक्त शिविर सञ्चालन गरेको हो ।

आज शनिवार १२ स्थानमा एकै साथ कानुनी शिविर सञ्चालन गर्दै स्वर्ण महोत्सव अभियानको समेत समापन गरिएको झापा वारका अध्यक्ष गजेन्द्र आचार्यले जानकारी दिए ।

गाउा–गाउामै नि:शुल्क कानुनी सेवा प्रदान गर्नका लागि बारले चलाएको अभियान अन्तर्गत कानुनी शिविरमा कानुन व्यवसायीप्रति सर्वसाधारणका गुनासा सुन्ने, कुनै पनि विषयमा कानुनी उपचार प्रक्रियाका बारेमा जानकारी गराउने, पीडितलाई कानुनी परामर्श दिने कार्य भएको बताइएको छ ।

यस्तै असहाय पक्षलाई नि:शुल्क कानुनी सेवा दिादै न्यायमा पहुाच बढाउनुका साथै मेलमिलापका लागि समेत प्रोत्साहित गरिएको बताइएको छ ।

बारले सञ्चालन गरेको ५३ वटा शिविरबाट तीन हजारजना भन्दा बढी प्रत्यक्ष लाभान्वित भएको झापा वारका सूचना संयोजक दीपेन्द्र भट्टराईले जानकारी दिए । झापाका एक सय ५१ कानुनी व्यवसायी मध्ये ती शिविरमा ८५ जना कानुन व्यवसायी सहजकर्ताको रुपमा गाउा–गाउामा खटिएका थिए ।

झापा बारले गत पुस ७ गते स्वर्ण महोत्सव स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मानसहित स्वर्ण महोत्सव समारोह सम्पन्न गरे पनि पूर्वघोषित अभियानका कार्यक्रम भने शनिवार मात्र औपचारिक रुपमा सम्पन्न भएको हो ।

कानुन व्यवसायीहरु गाउामा जाने कार्य बन्द भएको अवस्थामा स्वर्ण महोत्सवको सन्दर्भ पारेर सञ्चालन गरिएको कानुनी शिविर सर्वसाधारणको पहुाच न्याय क्षेत्रमा बढाउनका लागि प्रभावकारी भएको झापा बारका अध्यक्ष आचार्यको भनाइ छ । अध्यक्ष आचार्यका अनुसार बारले यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिइनेछ । संविधान कार्यान्वयनका विषय, संविधान कार्यान्वयनका लागि निर्माण भएका कानुनका विषयमा आगामी बैशाखदेखि वारले गाउामा पुन: अभियान सञ्चालन गर्ने बताइएको छ । स्वर्ण महोत्सव समापनको अवसर सञ्चारकर्मीसाग कुरा गर्दै बारका अध्यक्ष आचार्यले अभियानलाई ऐतिहासिक रुपमा सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले आगामी दिनमा पनि सहकार्य र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

आज शनिवार अभियानको अन्तिम दिन संविधान र त्यसका व्यवस्था, न्यायमा पहुाचका लागि कानुन व्यवसायको भूमिका तथा कानुनी उपचार प्रक्रिया र मेलमिलापका बारेमा शिविरमा प्रशिक्षण दिइएको थियो । खजुरगाछी, गौरीगञ्ज, कोरोबारी, बैगुन्धुरा, महाभारा, कुमरखोद, टाघनडुब्बा, शरणामती, चकचकी, पथरी, घेराबारी र बालुवाडीमा उक्त दिन एकसाथ कानुनी शिविर सम्पन्न भएका हुन् । ती शिविरमा ३३ जना कानुन व्यवसायी सहजकर्ताको रुपमा खटिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७२, शनिबार  २ : ५९ बजे