१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रेडक्रसलाई दिए ५१ हजार १ सय १३ रुपैया


१७ चैत्र २०७२, बुधबार  

0
Shares

बिर्तामोड १७, चैत / झापा बिर्तामोडका समाजसेवी परशुराम ढकालले आफ्नी श्रीमती तुलसा ढकालको स्मृतिमा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई ५१ हजार १ सय १३ रुपैयाा सहयोग प्रदान गरेका छन् ।
९४ वर्षीय ढकालले श्रीमती तुलसाको पुण्य तिथिको दिन बुधवार रेडक्रस उपशाखाका सभापति सजेश शिवाकोटीलाई सो रकम हस्तान्तरण गरेको सचिव एकराज गिरीले जानकारी दिए ।
मानवीय सेवाका लागि समाजसेवी ढकालले गरेको सहयोगको सराहना गर्दै रेडक्रस सभापति शिवाकोटी, उपसभापति निर्मलकुमार भट्टराई, सदस्य किरण श्रेष्ठ र विशिष्ठ सदस्य रंगलाल न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा ढकालका छोरा सुरेश र बुहारी तथा रेडक्रस बिर्तामोडकी सदस्य तारा निरौला ढकालको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  १२ : ५२ बजे