२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

ईलाका प्रशासन कार्यालय गौरीगञ्जका कर्मचारीद्वारा राहदानीमा उमेर हेरफेर, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ९, मंसिर / राहदानी प्रक्रियामा अनियमितता, उमेर हेरफेर र गैरकानुनी शुल्क असुलीसम्बन्धी उजुरीको अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा आज सात जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। राहदानी विभाग, त्रिपुरेश्वरबाट मागिएको कागजातको अध्ययनपछि २०७९ साउनदेखि असोजसम्म ईलाका प्रशासन कार्यालय, गौरीगञ्ज झापाबाट जारी भएका केही राहदानीमा जन्ममिति हेरफेर गरी गैरकानुनी रूपमा राहदानी जारी गरिएको पाइएको हो।…