१२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026

पत्रकार शर्मा र गौतमको परिवारमा शोक

दमक/ झापामा क्रियाशील दुई जना पत्रकारको परिवारमा शोक परेको छ । झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार राजेन्द्र गौतम र जीएन शर्माको परिवारमा बिहिबार एकैदिन शोक परेको हो ।पत्रकार गौतमका बुबा डिल्लीराम गौतमको आफनै पुख्र्यौली थातथलो भोजपुरमा बिहिबार दिउँसो निधन भएको हो भने पत्रकार शर्माकी माता गायत्रादेवीको ९० बर्षको उमेरमा मेचीनगरमा निधन भएको हो ।