बिर्तामोड २९, पुस/कोचिला गाभुर फ्रन्ट नेपाल केन्द्रीय समितिले आज विर्तामोडमा राष्ट्रिय भाक्का दिवसकाे चाैथाे संस्करण भव्यरूपले सम्पन्न गरेकाे छ । बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित राष्ट्रिय भाक्का दिवसकाे चाैथाे संस्करण भव्यताका साथ सम्पन्न भएकाे हाे । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा…