विर्तामोड २०, मंसिर / राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशभर प्रदर्शन गरेकाे छ । राजसंस्थाको पुनर्स्थापना र हिन्दु राष्ट्रकाे पक्षमा राप्रपाले देशभर प्रदर्शन गरेकाे हाे । राजसंस्था र हिन्दुराष्ट्रकाे पुनर्स्थापना, संघीयताकाे खारेजी, भष्ट्राचार नियन्त्रणलगायतका विषयमा नारावाजी गर्दै झापामा पनि राप्रपाले प्रदर्शन गरेकाे छ । विभिन्न पालिकाबाट निस्केका मोटरसाइकल र्याली काँकरभिट्टामा भेला भएर एकैसाथ बिर्तामोड आएको थियो…