२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु

विराटनगर। कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु भएको छ। इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट सोमबार यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो।  सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरे । यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा…