झापा / लोपोन्मुख सन्थाल समुदायको भाषामा चलचित्र बन्ने भएको छ । झापा, मोरङ र सुनसरीमा बसोबास रहेको सन्थाल समुदायको भाषामा नेपालमै पहिलोपटक चलचित्र बन्न लागेको हो । सन्थाल समुदायका भाषा, संस्कृति, भेषभूषा, रहनसहन तथा इतिहासलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको हो । चलचित्रको नाम ‘बोनोदल’ रहेको छ जसको अर्थ ‘परिवर्तन’ हो । विर्तामोड–२ चारपानेमा रहेको…