गौरीगंज २४,बैशाख / सशस्त्र सीमा सुरक्षा बल नेपाल प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएका टोलीले स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।टोलीले आज बिहान मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारी– ८ अठियावारीका ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो…