८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

लोपोन्मुख जाति सन्थाल: स्थानीय सरकारबाट पनि उपेक्षित

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का जीवन किस्कु मजदूरी गरेर परिवार पाल्दै आएका छन् । बुवा श्रीलाल बिरामी छन् । आमा फूलोमनी गाउँकै चिया बगानमा मजदूरी गर्छिन् । हुनत जीवनका हजुरबुवा कुपितनारायण किस्कु तत्कालीन हल्दिबारी गाउँ पञ्चायतका पहिलो प्रधानपञ्च थिए । उनी तीन पटक प्रधानपञ्च चुनिए । उनीहरूको करीब २० बिघा जमीन थियो ।…