काठमाडौँ / नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी ग्यास प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाएको हो । यस्तै पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढेको छ ।