५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जिल्ला प्रहरी कार्यालय झापाद्वारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक


१४ आश्विन २०७५, आइतबार  

0
Shares

IMG_3536-620x330

दमक १४,असोज /
जिल्ला प्रहरी कार्यालय झापाले जिल्लालाई सुरक्षित बनाउन चाडपर्व लक्षित बिशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले आज दमकमा पत्रकार सम्मेलन गर्दै नेपालीहरुका महान् पर्वहरु दशैं, तिहार, छठ जस्ता पर्वहरुलाई लक्षित गरि बिषेश योजना ल्याईएको जानकारी दिनुभयो । सबै जिल्लाबासीले सान्त पुर्वक चार्ड पर्व मनाउने वातावरण बनाउने भन्दै सुरक्षा योजना ल्याईएको उहाँले बताउनु भयो । यो चार्ड पर्व भरी मोबायल गस्ती, अनुगमन गस्ती, पैदल गस्ती लगायतका सुरक्षा योजनामा ८३७ प्रहरी परिचालीत हुने जिल्ला प्रहरी प्रमुख ढकालले जानकारी दिनुभयो ।
प्रहरीले चार्ड बाडमा बिषेश सुरक्षा योजनामा बढि निगरानी हुने क्षेत्रमा मठमन्दिर, धार्मिक स्थल, सार्वजनिक यातायात, बजार, मदिरा बिक्रि स्थल, सरकारी कार्यालयहरु, सुन चाँदी तथा बित्तिय कारोबार हुने ठाउँ लगायतलाई राखेको छ । यस्ता क्षेत्रमा बिषेश निगरानी गर्दै चाडवाडमा अपराध न्युनिकरण गर्न योजना तयार गरिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनु भयो ।

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतबार  २ : ०५ बजे