४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा मतगणना सुरु


२२ मंसिर २०७४, शुक्रबार  

0
Shares

meeting1-e1512703561383
चन्द्रगढी २२, मंसिर /

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा मतगणना सुरु भएकाे छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ र ३ को मतगणना जिल्ला समन्वय समितिको भवनमा भइरहेकाे छ ।

प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र १ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र कांग्रेसका विश्वप्रकाश शर्मा तथा निर्वाचन क्षेत्र ३ मा कांग्रेका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै निर्वाचन क्षेत्र २ को मतगणना जिल्ला शिक्षा कार्यालयको भवनमा भइरहेकाे छ । सो क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमाले नेतृ पबित्रा निराैँला (खरेल) र कांग्रेसका उद्धव थापाबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन क्षेत्र ४ को गणना स्काउट भवनमा भइरहेको छ । सो क्षेत्रमा बाम गठबन्धनका लालप्रसाद साँवा लिम्बू र कांग्रेसका देउकुमार थेवेबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।निर्वाचन क्षेत्र ५ को मतगणना जिल्ला हुलाक कार्यालयमा भइरहेकाे छ ।

यस क्षेत्रमा बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली चुनावी प्रतिस्पर्धामा छन् । उनको प्रतिद्धन्दी कांग्रेसका खगेन्द्र अधिकारी छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार  ८ : २१ बजे