४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युरिया नपाउँदा किसानकाे बेहाल


३१ श्रावण २०७७, शनिबार  

0
Shares

received_296005498169267

गौरीगंज ३१, साउन/ धानमा युरिया मल लगाउने समय वित्न लाग्दा किसानले युरिया नपाएर महँगाे मुल्यमा खरिद गर्न बाध्य भएका छन् ।
कृषि सामाग्री कम्पनी र साल्ड ट्रेडिङ्ग कम्पनीबाट रासायनिक मल युरिया सहकारी संस्था तथा पसलहरूमा नआउँदा किसानहरू भारतीय नाकाबाट लुकिछिपी आयात भएका युरिया महँगाे मुल्यमा खरिद गरिरहेका छन् । किसानहरूले युरिया मल नपाउँदा युरियाकाे चरम अभाव खड्किएकाे छ ।

किसानहरुले बढिमा ८ सय ५० रुपैयाँ सम्म लगाएर खरिद गरेकाे युरिया अहिले प्रति बाेरा २ हजार रुपैयाँ सम्म लगाएर खरिद गरिरहेका छन्। केही किसानहरु साइकल लिएर सिमा छेउका पसलमा पुगि १ हजार ७ सय रुपैयाँ सम्म लगाएर साइकलमा ठेलेर हैरानी खेपेर ल्याउनु परेकाे बताउँछन्।

कृषि पेशालाई प्रमुख पेशा मानेर खेती गरिरहेका किसानले धानमा लगाउने युरिया मल नपाएपछि किसान निराश भएका छन्। असार महिनामा धान राेप्ने समयमा रासायनिक मल डिएपी पाइएपनि धानकाे बाेट बढाउन लगाइने युरिया मल बजारमा छैन।

किसानले धान राेपेकाे एक महिना बितिसक्दा समेत युरिया मल नपाएपछि किसान निरास भएका हुन्।युरिया मल नपाएपछि किसानहरु अहिले युरिया काँहा पाइन्छ भनेर भौतारी रहेका छन्। धानमा युरिया लगाउने समय बितिसकेकाले युरियाकाे मूल्य जति परेपनि किसान लगाउन बाध्य भएका छन्।

नेपाल भारत सिमा छेउका पसलहरुमा युरिया आएकाे थाहापाउन साथ किसानहरु मध्यरातमा साइकल लिएर युरिया खरिद गर्न पुग्छन्। नेपाल सरकारबाट मान्यता प्रप्त नभएकाे गुणस्तरहिन र प्रतिबन्धित युरिया रातारात लुकाइछिपाई ल्याएर खेतमा लगाइरहेका छन्।

किसानले हिलाे, कादाे, झरि, बादल, घाम, पानी नभनिकन दुःख मेहनत र परिश्रम गरेर धान राेपे पनि रासायनिक मल नपाएपछि लगानी नउठ्ने भएकाले किसानले दुःख गरेकाे बेकार हुने गौरीगंज – ६ का किसान प्रकाश चन्द्र राजवंशी बताउँछन्।
received_947247785686226

किसानले सित्तैमा युरिया नखाेजेकाे पैसा तिरेर खरिद गर्छु भन्दा पनि नपाउनु दुर्भाग्य भएकाे राजवंशी बताउँछन्। गाेजिमा पैसा बाेकेर बजारमा पुग्दा पाइनु पर्ने युरिया खरिद गर्न सिमा छेउका पसलमा पुगेर युरिया पाइन्छ भनेर साेध्नु लज्जास्पद भएकाे बताउदै सपनामा पनि युरिया नपाएको देख्न थालेपछि खाना समेत नरुचेकाे गौरीगंज -६ का किसान गणपत महताे बताउँछन्।

किसानहरुले पैसा तिरेर खरिद गर्ने रासायनिक मल नजिकका पसल वा सहकारी संस्थाहरुमा सहज रुपले पाइनु पर्ने किसानकाे भनाई छ। खेती गर्न आधुनिक उपकरण ट्याक्टर भित्रीए सँगै राँगा र गाेरुकाे प्रयाेग गर्न छाेडेपछि खेतीमा किसानकाे लगानी बढेकाे किसान बताउँछन्। ठुलाे लगानीमा धान लगाएपनि रासायनिक मल समयमा नपाउँदा उत्पादन घट्नुका साथै लगानी र मेहनत अनुसारकाे प्रतिफल नपाउँदा किसानकाे हात तल परेकाे महताे बताउँछन्।
महँगो लागतमा धान उत्पादन गरेपनि बिक्री गर्ने समयमा काँटामा गएर साहुलाई धानकाे मूल्य साेधेर साहुकाे मुल्यमा धान बिक्री गर्नुपर्ने किसानकाे बाध्यता छ। किसानले उत्पादन गरेकाे बालिकाे मूल्य किसानलेनै ताेक्न पाउनु पर्ने महताे दाबी गर्छन।प्रत्येक बर्ष रासायनिक मल बितरण गर्दै आएकाे कृषि सामग्री कम्पनी र साल्ट टेर्निङ कम्पनीले सहकारी संस्थाहरुमा युरिया दिन नसकेपछि किसानकाे बेहाल भएकाे हाे।

विगत वर्षदेखि रासायनिक मल आयात गरि किसानहरूलाई वितरण गर्दै आएकाे साना किसान कृषि सहकारी संस्था खजुरगाछीले यस पटक भदाै महिनामा युरिया आउन सक्ने सम्भावना रहेकाे बताएका छन् । साना किसान कृषि सहकारी संस्था खजुरगाछीका प्रबन्धक ओम प्रकाश ताजपरियाले कृषि सामाग्री कम्पनीमा युरिया मल विषय कुरा गर्दा अहिले सम्म आउने वा नआउने टुंगाे नलागेकाे बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : ०० बजे