२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

विश्व महाविर चिलारायकाे ५१३ औं जन्माेत्सव भव्यरूपमा गाैरीगंजमा मनाईयाे, चिलारायकाे प्रतिमा निर्माण गरिने



गाैरीगंज २२, माघ / राजवंशी समाज विकास समिति गाैरीगंजले विश्व महावीर चिलारायकाे ५१३ औं जन्माेत्सवकाे अवसरमा एक कार्यक्रमकाे आयाेजना गरि अाईतबार भव्यरूपमा जन्म दिवस मनाएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले व्यानर पढेर कार्यक्रमकाे औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी, लेखक तथा साहित्यकार पानीलाल राजवंशी थिए ।
नेपाल, भारत र बंगलादेशका काेच समुदायले तत्कालीन काेच राज्यका राजा विश्वसिंहका छाेरा चिलाराय(सुक्लध्वज)काे प्रत्येक वर्ष विभिन्न कार्यक्रमकाे आयाेजना गरी जन्मजयन्ती मनाउदै आएकाे छ ।
कार्यक्रममा सहभागी विभिन्न सामाजिक व्यक्तित्व, बुद्धिजीवी र वत्ताहरूले चिलारायकाे ईतिहास र पराक्रमबारे चर्चा गरेका थिए ।
कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय महासचिव चन्द्र प्रसाद राजवंशीलगायत केन्द्रीय पदाधिकारीहरू, काेच अभियन्ता त्रिनारायण राजवंशी, झापा जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी, सचिव मुनिलाल राजवंशी, समाजसेवी लखनलाल राजवंशी, गाैरादह नगर सचिव तुलसी राजवंशी, रघुनाथ राजवंशी, चलचित्रकर्मी मनाेरथ राजवंशी, युवा समाजसेवी दिनेश राजवंशी, आदिवासी जनजाती महासंघ गाैरीगंज अध्यक्ष गंगा प्रसाद राजवंशी ईलाका प्रशासन कार्यालय गाैरीगंजका रविन राजवंशी, समाजसेवी रत्न बहादुर राजवंशीलगायतले विश्व महावीर चिलारायकाे पराक्रम र काेच सभ्यताका विषयमा चर्चा गरेका थिए । राजवंशी समाज विकास समिति गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजवंशी समाज विकास समिति केन्द्रीय भवन निर्माणका लागि जग्गादान दिएका धनन्ज्य राजवंशी, विश्वमहाविर चिलारायकाे प्रतिमा निर्माणका लागि जग्गादान दिने जग्गादाता कृष्णप्रसाद राजवंशी, राजवंशी समाज विकास समिति गाैरीगंजसमितका पदाधिकारी, रासविस गाैरीगंजका वार्ड नं. १ देखि ६ सम्मका अध्यक्षसहित पदाधिकारीहरूलगायतकाे उपस्थिति थियाे ।
कार्यक्रमकाे स्वागत उपाध्यक्ष गंगा राजवंशीले गरेका थिए भने सञ्चालन तिलक प्रसाद राजवंशीले गरेका थिए ।

काे हुन् चिलाराय ?
चिलाराय एक पराक्रमी याेद्वा थिए । उनकाे जन्म ई.सं.१५१० काे माघी पुर्णिामाकाे दिन भएकाे थियाे । उनी पछि काेच सेनाकाे शत्तिशाली सेनापति थिए । अकबरनामा अनुसार उनकाे सेनामा ४००० घाेडा, २ लाख पैदल सेना, ७ सय हात्ती र १००० युद्वपाेत सामिल थिए । यस्ताे महान सैन्य क्षमता पाएर चिलाराय (शुक्लध्वज ) ले आफ्नाे बल, बुद्वि र पराक्रमले एक विशाल काेच राज्य निर्माण गर्न सक्षम भए ।
उनकाे विलक्षण प्रतिभा र युद्व काैशलका कारण उनकाे नाम चिलाराय रहन गयाे । उनले आफ्ना अपराजेय सैनिकहरूलाई साथ लिएर शत्तिशाली आहाेम राज्यलाई जित्न र आफ्नाे अधिनमा ल्याउन सफल भएका थिए । उनकाे पालामा पिता विश्वसिंहद्वारा स्थापित काेच राज्यकाे सिमाना विस्तार भएर पूर्वमा आसामकाे सीमान्त क्षेत्र , पश्चिममा मिथिला राज्य, उत्तरमा हिमालय, र दक्षिणमा बंगालकाे खाडीसम्म फैलिएकाे थियाे ।
उनी आफ्नाे यिनै सामर्थ्य र गुणले गर्दा काेच राज्यकाे देवान( प्रधानमन्त्री ) पदसम्म पुग्न सफल भएका थिए । उनले आफ्नाे जीवनमा धेरै जसाे समय युद्वमा बिताउनु पर्ने भएपनि सामाजिक काममा पनि उनकाे ठुलाे याेगदान थियाे । उनले ठाउँ ठाउँमा धेरै किल्ला र मठ मन्दिरहरूकाे निर्माण गरेका थिए ।
प्रख्यात कामाख्या मन्दिरकाे पुनः निर्माण गरि उनकाे पुजारी र पूजा व्यवस्था राम्राे प्रबन्ध मिलाएका थिए । कला र साहित्य काे उन्नति र तिनकाे संरक्षण गर्न विभिन्न स्थानहरूबाट विद्वान र पण्डितहरूलाई ल्याई स-सम्मान आफ्नाे राज्यमा राखेका थिए । उनी आफै एकजना महान शिक्षाप्रेमी र विद्वान भएकाेले उनले धेरै पुस्तकहरूमाथि व्याख्या र समालाेचना पनि लेखेका थिए ।
चिलारायले राजा नरनारायणकाे दाहिने हातकाे रूपमा प्रधान सेनापतिकाे कार्यभार सम्हालेर काेच राज्यकाे पताका चारैतिर फहराउन सफल भएका थिए । उनकाे शत्ति, सामर्थ्य र वीरता देखेर मानिसहरूले तिनलाई धेरै नामले सम्बाेधन गर्दथे । जस्तैः संग्रामसिंह, चिलाराय, देउवान, कान्छा, राजा, सुकेल, काेच आदि । उनकाे वैष्णव धर्मार्चाय श्री शंकरदेवकी भतिजी रामरायकी छाेरी कमलप्रियासित भएकाे थियाे ।
विश्वपुरूष चिल्लारायकाे नामले नै गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित चिलाहारा गाउँकाे नाम चिल्हारा रहेकाकाे ईतिहासविदहरू बताउँछन् । महापुरूष चिलारायले यहि स्थानमा आफ्नाे सेनाकाे ब्यारेक स्थापना गरेर काेच राज्यकाे विस्तार र ुुरक्षा गरेकाे बताईन्छ । उनकाे पराक्रम र बहादुरीलाई
जिवित राख्न उनकाे शालिक निर्माण गर्ने भएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ३२ बजे