४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

डेेेेङ्गुकाे संक्रमणबाट देशभर ज्यान गुमाउनेकाे संख्या ३८ पुग्याे, गाैरीगंजमा राेकथाम र नियन्त्रणका लागि अभियान थालिने




गाैरीगंज १३, असाेज / गाैरीगंज गाउँपालिकाकाे स्वास्थ्य शाखाले आज विहिवार डेङ्गी राेग नियन्त्रण सम्बन्धि बहुनिकाय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे डेङ्गी राेग नियन्त्रण सम्बन्धि कार्यक्रममा डेङ्गुबाट बच्ने उपाय, त्यसका लक्षण र चुनाैतीबारे छलफल भएकाे थियाे । डेङ्गीकाे जिवनचक्र अन्तरगत लार्भा नष्ट गर्ने उपाय र त्यसकाे राेकथामका बारेमा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत विश्वनाथ श्रेष्ठले सहजीकरण गरेका थिए । डेङ्गुका लक्षण, लामखुट्टे वृद्वि विकास हुने स्थान, चुनाैती, स्थानिय सराेकवालाहरूकाे सहकार्यका बारेमा छलफल भएकाे थियाे । लामुट्टेकाे लार्भा नष्ट गर्न गाैरीगंज गाउँपालिकाले वाणिज्य संघ गाैरीगंज, रेडक्रश साेसाईटि गाैरीगंजलगायत संघ संस्थाहरूसंगकाे सहकार्य र स्वास्थ्य शाखाकाे समन्वयमा सांकेतिकरूपमा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे बजार क्षेत्र वार्ड नं.३ र ६ मा, वार्ड नं.५ काे जनता चाैक र चिल्हारा चाैकमा वार्ड नं.२ काे तुलाचन , वार्ड नं. १ काे कुञ्जिवारी बजार र वार्ड नं. २ काे काेराेवारी बघाहाचाैधरी बजारमा अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने, प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडा, ईलाका प्रशासन गाैरीगंजका प्रमुख चुडामणि आपँगाई, वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, वाणिज्य संघका अध्यक्ष मखना महताे, रेडक्रस साेसाईटिका सभापति रिजाल यादव रिजाल, ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख जितेश दाहाललगायत स्वास्थ्यकर्मी, स्वयंसेवकहरूकाे सहभागिता थियाे ।

नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नाै जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नाै सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

यसैबीच पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७० जना काेराेना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अब नेपालमा एक हजार ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : २३ बजे