३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अस्पताललाई शुल्क तिर्न नसक्दा दुई सातादेखि बेडमै , सहयोग गरिदिन आग्रह



गाैरीगंज २३, जेठ / झापा बुद्धशान्ति गाउँपालिका वार्ड नं. ३ डेरा गरि बस्ने एक मजदुर बुझाउनु पर्ने रकम तिर्न नसक्दा अस्पतालबाट डिस्चार्ज हुन सकेका छैन्न ।

जनमजदुरी गरि जिविकोपार्जन गर्दै आएका अन्दाजी वर्ष ३५ का कमल बर्मन छतबाट लडेर दाहिने खुट्टा भाँच्दा बिर्तामोडको मेडिका अस्पतालमा भर्ना भएका थिए ।

भर्ना भएकाे १२ दिन भईसक्दा पनि पैसा अभावले अस्पतालमै बस्न बाध्य भएका छन् । उनी बुद्वशान्ती गाउँपालिका वार्ड नं. ३ बुधबारे बजारमा डेरा लिई बसेका थिए । उपचारमा १ लाख ६० हजार रूपैयाँ खर्च भएकाे उनले बताए । अस्पताललाई तिर्नु पर्ने उत्त रकम बुझाउन नसक्दा दुई सातादेखि उनी अस्पतालकै बेडमा छन् ।

‘विहान करिब ९ बजे छतमा घाम तापिरहेकाे थिए’ , उनले भने -‘ एक्कासि रिङ्गाटा लागेर भुईमा झरेकाे थाहै भएन । छिमेकी दाजुभाईहरूले उठाएर अस्पताल भर्ना भएपछि मात्र थाहा भाे । ‘
‘कम्मर मुनि दाँहिने खुट्टा भाँचेकाे रहेछ’ उनले भने – ‘ उपचार त अस्पताल ले गरिदियाे तर त्यति पैसा मसंग छैन् कहाँबाट ल्याउनु ? ‘
विर्तामोड स्थित मेडिका अस्पतालमा भर्ना भएका उनीलाई स्थानिय देवी दुलाललगायत छिमेकीहरू लगभग ५० हजार रूपैयाँ अार्थिक संकलन गरेका छन् । अस्पताललाई बुझाउनु पर्ने रकम १ लाख ६० हजार रूपैयाँ हाे । अस्पताललाई बुझाउनु पर्नु रकम अपुग भए पछि पिडित बर्मनले अार्थिक सहयाेग गरिदिन अनुराेध गरेका छन् ।
करिब ९ वर्ष अघि बंगालादेशबाट ३ जना साथीहरूसंग नेपाल अाएका बर्मन अहिले ती साथीहरू पनि कहाँ छन् भन्ने उनलाई पत्ताे नभएकाे उनले बताए । उनलाई ‘सखा राजवंशी ‘ भनेर छरछिमेक र साथी भाईले बाेलाउँछन् । उनकाे अाफन्त र साथीभाई काेही छैन्न ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ५ : ०५ बजे