३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कुहिएकाे चामल र दाल गाडिएकाे नगर प्रवत्ताकाे भनाई, स्थानियलाई शंका



गाैरादह ११, जेठ / गाैरादह नगरपालिका परिसरमा आज विहान गाडिएकाे अन्य केही चिज नभई कुहिईएकाे चामल र दाल भएकाे गाैरादह नगरपालिकाका प्रवत्ता नगेन्द्र भण्डारीले बताएका छन् ।
नगरपालिकाकाे काेभिड व्यवस्थापन समितिकाे यहि जेठ ६ गतेकाे निर्णय बमाेजिम गुदाममा राखिएकाेे कुहिएको ३१ सय केजी चामल र २०३ केजी दाल नगरपालिकाकाे परिसरमा गाडिएकाे उनले बताए ।
नगर प्रमुख राेहित कुमार साहकाे संयाेजकत्वमा उपप्रमुखसहित वार्ड अध्यक्षहरू, उद्योग वाणिज्य संघ, स्वास्थ्य शाखा, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालयसहितकाे प्रतिनिधित्व हुने गरि गठित काेभिड व्यवस्थापन समितिले निर्णय गरेकाे हाे ।
नगरपालिकाले कसैलाई जानकारी नगराई विहान कार्यालय परिसरमा डाेजरले खाल्डाे खनी माटाे पुरेकाे देखेपछि स्थानियहरूले शंका जताएका थिए ।

स्थानियहरूले उत्त खाल्टाे खनेर हेर्न खाेजेपछि उपस्थित प्रहरीले उनीहरूलाई राेकेका थिए । स्थानियले खाल्टाेमा के रहेछ हामीले पनि हेर्न पाउनु पर्छ भन्दै अाक्राेश पाेखेका थिए । भिडलाई नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएकाे थियाे ।
गाैरादह नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष
समेत रहेका भण्डारीले खाल्डाेमा कुहिएकाे चामल र दाल पुरिएकाे र त्यसकाे बारेमा यथार्थ जानकारी सार्वजनिक गर्ने भनेका थिए । तर त्यसाे भनेकाे केही समय पश्चात मिति २०७८ साल ०२ महिना ०६ गते लेखिएकाे नगर प्रमुख र उपप्रमुखद्वारा हस्ताक्षरित नगरपालिकाकाे विज्ञप्ति सामाजिक सञ्जालमा बाहिरिएकाे थियाे ।
पहिलाे काेराेनाकाे महामारीमा अर्थात अघिल्लाे वर्ष नै नगरपालिकाकाे वार्ड नं. १ स्थित जिर्ण गुदाममा राखिएकाे ५ हजार १० केजी चामल मध्ये ३१ सय केजी चामल र २०३ केजी दाल कुहिएकाे हाे । नगरपालिकाले क्षमायाचनासहित कुहिएको चामल र दालकाे यथार्थ विवरण विज्ञप्ति मार्फत सार्वजनिक गर्ने निर्णय भए पनि प्राविधिक कारणले समयमा प्रकाशन गर्न नसकिएकाे नगर प्रवत्ता भण्डारीले बताए ।



प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : २८ बजे