विराटनगर ६, माघ / प्रदेश १ मा प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।
प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । र, यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।
मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ । तर कांग्रेसले यसबारे केही निर्णय गरेको छैन ।
मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि बुधबार विहान फेरि बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।